विराटनगर-नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षमा उम्मेदवारी दिएका ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित भएका छन । 


उनी सहित उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साह पनि निर्विरोध निर्वाचित भएका हुन । निर्वाचन तालिका अनुसार उक्तपदमा  अन्य उम्मेदद्वारी नपरेपछि स्वतः निर्विरोध भएको हो ।


यसैगरी १६५ जनाको जिल्ला समितिमा ४ सयको हाराहारीमा उम्मेद्वारी परेको बताइएको छ । उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुन भने बाँकी छ । अन्तिम नामावली प्रकाशन शनिबार साँझ ६ बजे गर्ने कार्यक्रम छ ।


उम्मेदवारी फिर्ताको समय आइतबार दिउँसो ३ बजेसम्मका लागि राखिएको छ । मतदान भने पर्सि नेकपा एमाले पार्टी कार्यालय पाञ्चालीमा बिहान १० बजेदेखि हुने बताइएको छ ।