विराटनगर-१४ औं महाधिवेशनबाट सभापतिको दौडमा दोश्रो नम्बरमा रहेका डा.शेखर कोइरालाले आफु पार्टीको बरियातामा २० औं नम्बरमा भएपनि आफुले प्राप्त गरेको १८ सय ५५ मत नै आफ्नो बरियाता रहेको उनले बताएका छन । 

१४ औं महाधिवेशन सम्पन्न गरि गृहनगर विराटनगर आएका कोइरालाले आफुले परिवार भित्रकै भाइ, बैनीहरु र नेताहरुलाई मिलाएर लान नसकेको कारण आफुले गणीतिय हार ब्यहोर्नु परेको बताए । उनले भने‘मैले भाइ, बैनी र मेरै नेताको चित्त बुझाउन सकिन, त्यो नै मेरो कमजोरी थियो ।’

पार्टी भित्र हिजो केन्द्रिय सदस्य हुदा पनि आफुले जुन भूमिका निर्वाह गरेको थिए त्यो भन्दा बढी भूमिका अब निर्वाह गर्ने बताउदै कोइरालाले आफुले अब तीन तहको निर्वाचनमा केन्द्रित हुने बताए । १८ सय ५५ महाधिवेशन प्रतिनिधिले आफुलाई मत दिएकाले आफुले त्यो मतको सम्मान गर्ने समेत उनले बताए । 

कोइरालालाई लिन हजारौंको संख्यामा कार्यकर्ताहरु विराटनगर विमानस्थल पुगेका थिए ।