कोशी प्रदेश

    Showing १९१-२०० of १,१३८ items.
  • तस्करी हुँदै गरेको सुँगुरका पाठा बरामद

    विराटनगर- विराटनगरको दरैया बस्तीस्थित नेपाल भारत सीमा क्षेत्रबाट अवैध रुपमा भन्सार छली गरि भारततर्फ लाँदै गरेको सुँगुरका पाठा बरामद गरेको छ । दिउँसो एक बजेको समयमा सशस्त्र प्रहरी निरीक्षयक पन्तको कमाण्डमा खटिएको टोलीले ४८ हजार मुल्य बराबरको ६० वटा सुँगुर पाठा बरामद गरेको हो ।प्रहरीलाई देखपछि सुँगुर पाठा छोडेर तस्करी गर्ने व्यक्ति भागेका थिए भने सो सामान प्रहरीले बरामद गरि आवश्यक कारबाहीको लागि आन्तरिक भन्सार कार्यलय बुझाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १, २०७८
    • ४४२ पटक पढिएको
  • श्रृङ्खलाबद्ध चोरीमा संलग्न दुई जना पक्राउ

    मोरङको पथरी बजारमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारका विभिन्न घर र पसलमा चोरी भएको घटनामा संलग्नहरु पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार पक्राउ पर्नेमा पथरीशनिश्चरे–१ का १९ वर्षीय निमा तामाङ र १९ वर्षीय सन्तोष सुब्बा रहेका छन् । उनीहरुलाई तीनवटा मोबाइल, ट्याब्लेट र चाँदीको सिक्रीसहित पक्राउ गरिएको जानकारी श्रेष्ठले दिए । पक्राउ परेकाहरुविरुद्ध चोरी मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । 

    • प्रकाशित मितिः पुस १, २०७८
    • ३६६ पटक पढिएको
  • उद्योग, ब्यापार र लगानीको अध्ययन गर्न परिसंघको टोलि बंगलादेश प्रस्थान

    विराटनगर-ढाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबंगलादेशको निमन्त्रणामा उद्योग ब्यापारमा अपसी लगानीका अवसरहरु वृद्धि गराउने उद्येश्यले आवश्यक छलफल र सहकार्य गर्न नेपाल उद्योग परिसंघ उच्च पदाधिकारी सहित १३ उद्योगिहरुको टोलि सोमबार बंगलादेशको ढाका तर्फ प्रस्थान  गरेको छ । नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष बिष्णुकुमार अग्रवालको नेतृत्वमा प्रस्थान गरेको टोलीमा परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा, बरिष्ठ उपाध्यक्षहरु कृष्ण प्रसाद अधिकारी, बिरेन्द्रराज पाण्डे, निर्वाण चौधरी, नेपाल उद्योग परिसंघ प्रदेश नं १ का अध्यक्ष भीम घिमिरे तथा परिसंघका संयोजक द्विराज शर्मा सिवाकोटी, लक्ष्मीप्रसाद

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ५५६ पटक पढिएको
  • नेपाल उद्योग परिसंघको प्रदेश १ अध्यक्षमा पुनः भीम घिमिरे

    विराटनगर-नेपाल उद्योग परिसंघको प्रदेश १ को अध्यक्षमा पुनः भीम घिमिरे सर्बसम्मत निर्वाचित भएका छन । शुक्रबार भएको परिसंघको प्रथम साधरणसभाले घिमिरेको अध्यक्षतामा २९ सदस्यीय प्रदेश समिति समेत निर्विरोध निर्वाचित भएका छन । उद्योग संगठन मोरङका निर्वतमान अध्यक्ष समेत रहेका घिमिरेको अध्यक्षतामा छ महिना अघि परिसंघको प्रदेश समिति गठन भएको थियो । बरिष्ठ उपाध्यक्ष प्रकाशमुन्दडा, ५ जना उपाध्यक्षमा नवल किशोर कावरा, शुशिलकुमार जोशी, कृष्णकुमार अग्रवाल, दिपक पौडेल,  देवेन्द्र गुप्ता निर्वाचित भएका छन । त्यस्तै कोषाध्यक्षमा गिरिस लुनिया, सदस्य तथा प्रवक्तामा दिवश सुवेदी छन । महानिर्देशक बिजयहरी शर्म

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ६७२ पटक पढिएको
  • विमानस्थल पीडितका माग प्रति मन्त्री आले सकारात्मक

    विराटनगर-विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाउन १२६ विगा जमिन अधिग्रहण गर्ने सरकारको योजनाको कारण विस्ताथपित हुनेहरुको विमानस्थल पीडित संघर्ष समितिले संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र बुझाएका छन । संघर्ष समितिका संयोजक वेदराज पौडेल सहितको टोलीले मन्त्री आलेलाई नौं बुँदे ज्ञापन पत्र बुझाएका हुन । विमानस्थलले अधिग्रहण घर जग्गा रोक्का गरेको १७ महिना वितिसक्दा पनि मुआब्जा नपाएको भन्दै पीडितहरुको टोलीले मन्त्री समक्ष कि मुआब्जा दिनु पर्‍यो कि त घर जग्गा फुक्का गरिदिनु पर्‍यो भनेर माग राखेका थिए । विग होटलमा संघर्ष समितिको टोलीले मन्त्री आलेलाई भेट

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ७३६ पटक पढिएको
  • विराटनगरबाट दुई र सुन्दरहरैँचाबाट एक जना लागुऔषधसहित पक्राउ

    मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरिएको छ । मोरङको विराटनगरबाट २ जना र सुन्दरहरैँचाबाट १ जना गरी तीन जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा हिजो दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका-१६ हुलास चौकस्थितमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उप-महानगरपालिका-४ का २२ बर्षिय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको छ भने हिजो बेलुका ६ बजे बिराटनगर महानगरपालिका-१७ मटेरुवाचोक स्थितमा सुनसरी धरान उप-मह

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • ३४३ पटक पढिएको
  • दमकबाट दुई महिलासहित ६ जुवाडे समातिए

    झापाको दमक नगरपालिकाबाट प्रहरीले दुई महिलासहित ६ जुवाडेलाई पक्राउ गरेको छ । आइतबार साँझ ६ बजे दमक–५ स्थित दिपेश भट्टराईको खाली घरको कोठामा तास खेलिरहेको अवस्थामा ६ जनालाई नगदसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए ।उनका अनुसार पक्राउ पर्नेमा इलाम चुलाचुली गाँउपालिका–५ का ३९ वर्षीय सुमन सिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका–१ का ४२ वर्षीय बबिन सुब्बा, दकम नगरपालिका–५ का ५८ वर्षीय लक्ष्मी ढकाल, दमक–५ की ३४ वर्षीया कमला राई, दमक–५ की ४० वर्षीया बिमला तामाङ र कमल गाँउपालिका–३ का ५१ वर्षीय राजकुमार खड्का रहेका छन् ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय द

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • ३८८ पटक पढिएको
  • मोरङमा घाँस झार्ने क्रममा रूखबाट लडेकी महिलाको मृत्यु

    विराटनगर- मोरङमा घाँस झार्ने क्रममा रूखबाट लडेकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका–१० सोमबारे की ७३ वर्षीया डम्बरकुमारी दाहाल रहेकी छन् ।आइतबार दिँउसो साढे २ बजे रतुवामाई–१० स्थितमा घाँस झार्ने क्रममा उनी रूखबाट लडेकी थिइन् ।  रूखबाट लडेर घाइते भएकी दाहाललाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पु¥याइएको थियो । उनको उपचारको क्रममा हिजो अपराह्न साढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • ४३० पटक पढिएको
  • बूढीगङ्गामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    विराटनगर- मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित गङ्गा चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो राति ८ बजे कोसी लोकमार्गअन्तर्गत  गङ्गा चोक उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४० वर्षीय दिनेश पटेलको मृत्यु भएको हो । मृतक पटेल भारतीय नागरिक हुन् । सडक पार गर्दै गरेको अवस्थामा उनलाई आइतबार राति ८ बजेतिर तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिएको हो । दुर्घटनामा परेर घाइते भएका पटेलको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा आज (सोमबार) बिहान ६ः३० बजेतिर मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक स

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • ३९३ पटक पढिएको
  • कतै क्रसिङको तयारी, कतै उखुकै अभाव

    विराटनगर-सुनसरी, मोरङ र झापामा लगाइएको उखु काट्ने बेला भएको छ । यी जिल्लामा दुई हजार ४०५ किसान परिवारले पाँच हजार २०० बिघा क्षेत्रफलमा लगाएको उखु काट्ने बेला भएको हो ।किसानको खेतमा उखु पाकेसँगै पूर्वकै एक मात्रै उद्योग इस्टर्न सुगर मिल्स प्रालिले आगामी पुस १५ गतेदेखि मिल चलाउने तयारी गरेको छ । सुनसरी बर्जु गाउँपालिका–५, अमाहीमा रहेको इस्टर्न सुगर मिलका प्रमुख उखु प्रबन्धक पवनकुमार झाले उखु प्रशोधनका लागि मिल मेसिनरी मर्मत तथा परीक्षण र सरसफाइ थालिएको जानकारी दिए । प्रबन्धक झाले भने, “पुस १५ गते पहिलो घान क्रसिङ हुन्छ । ”जति ढिलो ग-यो किसानलाई उति घाटा हुन्छ । समयमै उखु क्रसिङ नभए उखुको रस सुक्

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • ४१३ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल