विराटनगर-नोना कोइराला स्मृती दिवशको अवसरमा नोना कोइराला स्मृती प्रतिष्ठान बनलौरी इक्राहीमा ‘पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ शिविरमा’ ५६५ जना महिलाको पाठेघरको निशुल्क परिक्षण गरिएको छ । नोना कोइरालाका सुपुत्र तथा प्रतिष्ठानका संरक्षक डा.शेखर कोइरालाले महिलाको स्वास्थ्य परिक्षण गरेर स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष डा.नारायण कुमारले पनि विरामी महिलाहरुको स्वास्थ्य परिक्षण गरेका थिए । कोशी अस्पताल, नोवेल मेडिकल शिक्षण अस्पतालको सहयोगमा संचालित शिविरमा प्रो.डा.सीता पोखरेल घिमिरेको नेतृत्वमा रहेको चिकित्सकको टोलीले विराटनगर ४ बनलौरीमा रहेको प्रतिष्ठानको भ
विराटनगर-नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् ।नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ कार्यसमितिले बुधबार सुनसरीको जमकोटीमा आयोजना गरेको ‘नोना कोइराला स्मृति भवन’ (पार्टी वडा कार्यलय)को शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले जनतामा झनै निराशा बढेर गएको टिप्पणी गरे । उनले सरकार गम्भीर नभए मुलुकमा अझै ठूलो आर्थिक संकट निम्तिने चेतावनीसमेत दिनुभयो । “आर्थिक समस्याकै कारण उद्योगी व्यवसायीहरुले सुसाइट गरिरहेका छन्,” कोइरालाले थपे, “यो मुलुकका लागि राम्रो संकेत होइन ।” आर्थिक समस्या समाधानका लागि सबै दल
इटहरी-हरेक सालझै यो सालको जाडोपनि तिनै चिसा थाङनामा काट्नुपर्ने सम्झेर घुर तापिरहेकी ७०बर्षकी धनिदेवी मुसहरले हुनेखानेले नै ओढ्ने गरेको फाइवरको न्यानो सिरक निशुल्क पाउँदा दंग थिइन । तराईका मुसहर बस्तीमा न्याना कपडाको अभावमा घुर ताप्ने चलन छ । आय स्रोत कमजोर हुदा पुराना कपडा जोडेर हातले सिलाइएका फगटामा चिसा रातहरु काट्नु पर्ने अवस्था छ । नयाँ सिरक पाएकी धनिदेवीले भनिन ‘थाङ्ना, फगटा ओडेरै जिन्दगी सकिन्छ भन्ने थियो तर अहिले नयाँ सिरक पाइयो ।’तराईमा सीत लहरको कारण बर्षेनी धेरैले ज्यान गुमाउन पुग्छन । चिसोमा न्यानो कपडा भएन भने हृदयघातको सम्भावना बढी हुने गरेको मुटु रोग विषेशज्ञ डा. राजेश नेपाल बता
विराटनगर–विराटनगर महानगर पालिका वडा नम्बर ४ को आधारभूत विद्यालयमा संचालन भएको स्वास्थ्य शिविरमा ३६१ जना स्थानियले निशुल्क उपचार गराएका छन । स्त्री तथा प्रशुती रोग विषेशज्ञ डा.सीता पोखरेल घिमिरेको नेतृत्वमा नोवेल मेडिकल सिक्षण अस्पतालको आयोजनामा भएको शिविरमा बरिष्ठ चिकित्सकहरुले विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको निर्वाचन क्षेत्रका विपन्न परिवारलाई लक्ष गरि स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा महिला, बालबालिका, हाडजोर्नी, स्त्रीरोग, दन्तरोग र फिजिसियनसंग आवद्ध विषेशज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण गरेका थिए । शहरी क्षेत्रमा
विराटनगर–मोरङको क्षेत्र नं ३ बाट निर्वाचितप्रतिनिधि सभा सदस्य डा=सुनिलशर्माको जबरजस्तपहल र दवावका कारण गोठगाउँस्थित पूर्वाञ्चलविश्वविद्यालयले अस्पताल सेवाविस्तार गरेको छ । विश्वविद्यालय परिसरमामंगलबार कार्यक्रम गरेर अस्पतालको सेवाबिस्तार सुभारम्भ गरिएको हो । कार्यक्रममाकांग्रेस नेताएवं सांसद डा.शेखर कोइराला, सांसद डा.शर्मा, सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाईँलगायतले गमलामापानीहालेर संयुक्त रुपमा अस्पताल सेवाविस्तारको सुभारम्भ गरेका हुन् । पूर्वाञ्चलविश्वविद्यालयले यसअघि अस्पताल सेवा सञ्चालन गरेको भएपनिव्यवस्थितथिएन । अस्पतालले आंशिक रुपमामात्र सेवादिदै आएको थियो ।डाक्टर बस्ने टुंगो नहुँदा
विराटनगर–काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो ।नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल बताउँछन् । उनी भन्छन्, ‘क्याथल्याब त धेरैतिर छन्, तर न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने वाइप्लेन क्याथल्याब नेपालमा अन्त छैनन्, केएमसीले सुरु गरेको यो नेपालकै पहिलो अत्याधुनिक वाइप्लेन क्याथल्याब हो ।’ जर्मनबाट उपकरणहरु ल्याएर करिब २५ करोडको
युरोप-पर्वत जिल्लाको सदरमुकाम कुश्मामा जन्मिएका बिक्की सुवेदी हाल पोर्चुगल बस्छन् । एक दशकदेखि व्यवसायगर्दै आएका उनी पोर्चुगलकै कान्छा नेपाली व्यवसायिको रुपमा चिनिन्छन् । शुरुआती दिनमा आफुले धेरै संघर्ष पूणर् जीवन ब्यतित गरेको कारण अहिले नेपाली दाजुभाइ तथा दिदीबहिनीले आफुले जस्तो दुख भोग्न नपरोस भन्ने उद्येश्यले विभिन्न सहयोग गरिहन्छन । शान्त र शालिन स्वभावका सुबेदी नेपालीलाई मात्र होइन पोर्चुगल आएका एशियालीलाई कुनै समस्यामा परेको बेला सहयोग गर्दै आएका छन । नेपालमा आइटी अध्ययन गरेका सुबेदी नेपाल मै धेरै अवसर हुदाहुदै पनि देशमा चलिरहेको राजनीतिक अस्थिरताले आफू लागाएत कयौं युवाको मन ब
विराटनगर–प्रदेश १ लगायतका प्रदेशहरुमा बन्ने सरकार सानो र छरितो हुनु पर्ने धारणा ब्यक्त गर्दै मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले यदि जम्बो मन्त्री मण्डल सहितको सरकार बने त्यसले जनताले तिरेको करको दुरुपयोग हुने र विकास खर्च कटौती गरि चालुखर्च बढाउनु पर्ने अवस्था आउने भएकाले छरितो र सानो मन्त्री मण्डल सहितको सरकार बनाउन दलहरुलाई आग्रह गरेका छन । उनले अहिले विकास खर्च नभइरहेको अवस्था र बैंकको ब्याज दोहोरो अंकले आकाशिएको बेला सरकारले चालु खर्च घटाएर पूँजीगत खर्च बढाउनु पर्ने अवस्था रहेको छ । तर दलहरुले आफ्नालाई फाइदाका लागिमात्र बढी मन्त्रालय राखेर मन्त्री र राज्य मन्त्री थप्ने काम गरेभने
विराटनगर–राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् । बिहीबारदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताएकी छन् । उनले आगामी दिनमा औद्यौगीकरणका लागि विराटनगरले देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वास व्यक्त गरिन् । विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको बताउँदै उनले
विराटनगर –विराटनगर–१४ स्थित डिग्री कलेज (पुरानो हवाई फिल्ड)को मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा प्रदेश १ मा लगानीकर्तालाई आकर्षित र लगानीको संभाव्यताको छुट्टै पेभिलियन राखिने भएको छ । प्रदेश १ लगानी प्राधिकरण, एसिया फाउण्डेशन र कन्सोर्टियमसँगको सहकार्यमा विराट एक्स्पोमा छुट्टै पेभिलियन राख्न लागिएको आयोजक समितिले जनाएको छ । पेभिलियनमा प्रदेश १ मा लगानीका लागि सम्भावित परियोजनाहरूको प्रदर्शन गर्ने, लगानी गर्न इच्छुकहरूका लागि आवश्यक सहजीकरण गर्ने उद्देश्य राखिएको छ । यस्तै, प्रदेश १ मा लगानीका क्षेत्रहरू, संभावित परियोजनाहरू, लगानीको मोडेल, लगानी सहजीकरणका नीतिगत का
विराटनगर-नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक अस्थिरता र विकाशमा भइरहेको गतिरोध ...
विराटनगर–जवहरलाल नेहरु विश्वविद्यालयका पूर्व प्राध्यापक तथा भारतीय कुटनीतिज्ञ एसडी मुनीले नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका ...
Copyright © 2021 / 2024 / Khabarpalpal.com / All Rights Reserved.