मुख्य समाचार

    Showing १९१-२०० of ८०५ items.
  • प्रदेश १ मा बाढी र पहिरोको कारण ६२ जनाले ज्यान गुमाए

    विराटनगर-बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन । सयौ घर डुवानमा परेका छन् । प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानविय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाईते र ६ जना बेपत्ता भएका छन् । पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिदा २८ जनाको मृत्यु , १० जना घाईते र ६ जना बेपत्ता भएका हुन् । यसैगरी ईलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सुर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपाल

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ४३९ पटक पढिएको
  • प्रदेश १ को संसद बैठक आज दिउँसो बस्दै

    विराटनगर-  मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरेको प्रदेश १ को प्रदेशसभा बैठक शुक्रबार दिउँसो बस्दै छ । प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक दिउँसो १ बजे बस्ने भएको हो । मुख्यमन्त्री आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव बैठकमा पेस हुने बताइएको छ । उक्त प्रस्ताव असोज २५ गते संसद सचिवालयमा दर्ता भएको थियो । आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका हुन । दल विभाजन भएको एक महिनाभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यसबीचमा मुख्यमन्त्री आचार्यले प्रदेश पर्यटन बोर्ड, खेलकुद बोर

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ३१४ पटक पढिएको
  • बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या सय नाघ्यो, ४० जना घाइते

    विराटनगर -  अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आजसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ३५२ पटक पढिएको
  • जिल्ला खेलकुद समितिका अध्यक्ष र उपाध्यक्षको सपथग्रहण

    विराटनगर- प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाहरुका खेलकुद समितिहरुमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज सपथ ग्रहण गराएको छ । सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा वोर्ड उपाध्यक्ष बाबा मेन्याङ्वोले नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई सपथ गराएकाहुन । खेलकुद विकास बोर्डले बुधबार १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको थियो । सपथ ग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्री साम्सोहाङले जिल्ला खेलकुद समितिहरुले पूर्णता पाएसँगै प्रदेश १ को खेलक्षेत्रले फड्को मार्ने बताए  । लामो समय देखि प्रदेश खेलकुद विकास बोर्डले पूर्णता नपाउँदा जिल्लाहर

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • ३५९ पटक पढिएको
  • प्रदेश १ मा ६५ जनामा कोरोना संक्रमण

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण भएको छ । ४०१ जनाको पीसीआर परीक्षण गर्दा ५५ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, मोरङमा १९, सुनसरीमा ११, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा ७, कमल गाउँपालिकामा ५, दमक र मेचीनगरमा ३–३, बाहृदशीमा २, भद्रपुर, कनकाई र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा १४, सुन्दरहरैचा र कानेपोखरीमा २–२, बेलबारीमा १, सुनसरीको इटहरीमा १० र धरानमा १, उदयपुरको चौदण्डीगढी र इलामको माई जोगमाईमा १–

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • २९० पटक पढिएको
  • प्रदेश १ मा बाढी पहिरोमा परेर ४९ जनाको मृत्यु

    विराटनगर- सोमबार देखिको अविरल बर्षासँगै आएको बाढी पहिरोमा परि प्रदेश १ मा ४९ जनाको मृत्यु भएको छ । ७ जना वेपत्ता छन् । बुधबार साँझ सम्म बाढी पहिरोमा परेर पाँचथरमा २२, इलाममा १२, धनकुटामा ६, सुनसरीमा ५, उदयपुरमा २, भोजपुर र मोरङमा १–१ जनाको मृत्यु भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । उनका अनुसार सुनसरीमा ७  जना वेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको एसपी राईले बताए । धनकुटाबाट ६ जना घाईतेको प्रहरीले उद्धार गरेको छ । बाढी पहिरोमा परेर घाईते भएका उनीहरुको उद्धार गरिएको एसपी राईले बताए । प्रदेश १ का विभिन्न जिल्लाहरुबाट क्षतिको वि

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • २६० पटक पढिएको
  • विराटनगर विमानस्थल डुबानको फोटो फिचर

    विराटनगर-विराटनगर विमान स्थलको धावनमार्गमा एक फिट भन्दा बढी पानी जमेको कारण विराटनगरबाट राजधानी काठमाडौंका लागि हुने बुधबारका उडानहरु रद्ध गरिएका छन । विमानस्थलको मूलगेट र विमानस्थलको धावन मार्ग उत्तर पश्चिममा रहेको बस्ता खोला धानमार्गमा पसेपछि जलमग्न बनेको विमानस्थल टर्मीनल भवन समेत जलमग्न बनेको छ ।विराटनगरमा मंगलबार बेलुका ५ बजेर ४५ मिनेट देखी बुधबार बुधबार विहान ८ : ४५ बजे सम्ममा ३२३ मिलिमिटर पानी परेको विराटनगर विमानस्थलमा रहेको हावापानी कार्यालयले जनाएको छ । फोटो फिचर ।

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • ४२१ पटक पढिएको
  • विराटनगर विमानस्थल डुबानमा, हवाई उडान अवरुद्ध

    लगातारको वर्षापछि आएको बाढीका कारण  विराटनगर विमानस्थल डुबानमा परेको छ। विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएका छन् । काठमाडौं–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एयरलाइन्सले काठमाडौं–विराटनगरका सबै उडान रद्द गरेका छन्। उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन्। आन्तरिक उडानका दुवै ठूला एयरलाइन्सले सूचना निकालेर काठमाडौंदेखि विराटनगर गन्तव्यका सबै उडान रद्द गरिएको जानकारी गराएका हुन्। यो गन्तव्यमा बुद्ध एयरको दैनिक ११ देखि १३ उडान हुन्थ्यो।विराटनगरको विकल्पमा भद्रपुरमा उडान थप्ने क्रममा रहेक

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • ३३१ पटक पढिएको
  • सिटिजन्स बैंक लुट्ने थप एक जना प्रहरीको नियन्त्रणमा

    विराटनगर– मोरङ धनपालथान–४ कर्सिया बजारमा शाखा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारत अररिया फारवेसगञ्ज १० का २० बर्षीय रोशन यादवलाई सुनवर्षी नगरपालिका ८ बाट सोमबार नियन्त्रणमा लिएर प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।प्रहरीले यसअघि पक्राउ परेका अभियूक्त श्याम मुखियाको डेरा कोठामा खानतलासी गर्दा  एक थान ९ एमएमको पेस्तोल, सो पेस्तोलको एक थान म्याग्जिन र आधा केजी गाँजा बरामद गरिएको प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । गत असोज २५ गते पौने ४ वजेतिर कर्सिया बजारको विपि चोकमा रहेको सिटिजन्स बैंकमा नगद लुटपाटमा संलग्न ३ जनालाई सोही प्रहरीले प

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • २७१ पटक पढिएको
  • पहिरोले घर पुरिदा एकै परिवारका २ बालबालिकाको मृत्यु

    धरान-बेमौसमी बर्षातको कारण धरानमा पहिरोले घर पुरिदा दुई बालकको मृत्यु भएको छ । सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेका छन् । मंगलबार दिउसो पौने २ बजे घरमाथीबाट पहिरो  झरी उनको १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए । प्रहरीले  उद्धारको क्रममा ३ बजे दुईजनाको शब घरले पुरिएको अवस्थामा फेला पारेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ३०० पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल