विराटनगर-नोना कोइराला स्मृती दिवशको अवसरमा नोना कोइराला स्मृती प्रतिष्ठान बनलौरी इक्राहीमा ‘पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ शिविरमा’ ५६५ जना महिलाको पाठेघरको निशुल्क परिक्षण गरिएको छ । 

नोना कोइरालाका सुपुत्र तथा प्रतिष्ठानका संरक्षक डा.शेखर कोइरालाले महिलाको स्वास्थ्य परिक्षण गरेर स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष डा.नारायण कुमारले पनि विरामी महिलाहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।  


कोशी अस्पताल, नोवेल मेडिकल शिक्षण अस्पतालको सहयोगमा संचालित शिविरमा प्रो.डा.सीता पोखरेल घिमिरेको नेतृत्वमा रहेको चिकित्सकको टोलीले विराटनगर ४ बनलौरीमा रहेको प्रतिष्ठानको भवनमा निशुल्क पाठेघरको स्वास्थ्य परिक्षण गरेको थियो । साथमा निशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरमा पाठेघरको बाहेकको समस्या लिएर आउने महिलाहरुको समेत स्वास्थ्य परिक्षण गरि निुशल्क औषधि विरण गरिएको थियो । 

IMG_1939IMG_1943

प्रो.डा.सीता पोखरेल घिमिरेका अनुसार शिविरमा पाठेघरबाट सेतो पानी बग्ने, पाठेघरमा ऐंजेरु वा मासुको डल्ला पलाएको केस फेला परेका थिए भने १९ जनामा भीआईए पोजेटिभ आएको कारण अन्य परिक्षणका लागि अस्पताल रेफर गरिएको थियो ।