विराटनगर-मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निर्वाचनका बेला जनताका बिचमा गरेको प्रतिबद्धता पुरा गरेका छन । कोइरालाले पुरा गर्छु भनेको योजना आर्थिक बर्ष २०८०/२०८१ को बजेटमा नै समाबेस भएपछि क्षेत्रनम्बर ६ का जनता खुसी भएका छन । 

डा.शेखर कोइरालाले विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन गरेको प्रतिबद्धता बजेटमा समेटिएको छ । सरकारले विराटनगर विमानस्थलको स्तरउन्नतीका लागि बजेट बिनियोजन गरेको छ । डा. कोइरालाले विमानस्थलबाट विस्थापित हुनेहरुलाई पहिलो मुआब्जाको रकम ब्यावस्था गरेर मात्र जग्गा अधिग्रहण गर्न सरकारलाई सुझाव दिदै आएका छन । 

त्यसैगरि विराटनगरको बैजनाथपुरमा रहेको गिरिजा प्रसाद कोइराला स्मृती क्रिकेट रंगशाला निर्माणका लागि समेत बजेट बिनियोजन भएको छ । त्यस्तै विराटनगरको चक्रपथ र कोशी अंचल अस्पतालको स्तर उन्नतीका लागि समेत बजेट बिनियोजन भएको छ भने पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजका रुपमा कोशीअंचल अस्पताललाई उपयोग गर्ने गरि बजेट बिनियोजन भएको छ । 

बृहत विराटनगर र टंकी सिनुवारी खानेपानी आयोजनालाई समेत बजेट बिनियोजना गरिएको छ । बुढी खोला, केसलिया र गछियो खोलाको तटबन्ध निर्माणका लागि पनि बजेट बिनियोजन भएको छ । त्यसैगरि हरेक सरकारी विद्याुलयमा नगर क्षेत्रमा डिजिटल बोर्डको ब्यावस्था गरिने भएको छ भने प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरउन्नतीका लागि समेत बजेटको ब्यावास्था भएको छ । 

सडक पूर्वाधार, मठमन्दिर, घाट, मदरसा, थारु संग्राहालय निर्माणका लागि समेत बेजेट छुट्टिएको छ । वडा नम्बर ४ मा कवर्ड हल निर्माणका लागि समेत रकम विनियोजन गरिएको छ । संग्रालय, क्षेत्रीय विमानस्थल, रिङरोड लगायतका विकासका लागि बजेट पर्नु क्षेत्रवासीका लागि निकै गौरवको कुरा भएको स्थानिय प्रदीप चौधरीले बताए । उनका अनुसार नसमेटिएका बिषय समेत पछि आउने बजेटहरुमा समावेश गरिदै लानुपर्ने सुझाव दिए ।  

स साना योजनाहरुमा समेत निकै बजेट बिनियोजन भएको डा.कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।