विराटनगर-नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको झापाको विर्तामोडमा भएको ५ औं साधरणसभाबाट अध्यक्षमा विराटनगरका उद्योगी तथा समाजसेवी राजेन्द्र राउत निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न महासंघको साधारणसभाले राउतलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका अर्का प्रत्यासी भीमबहादुर पौडेलले उपाध्यक्षमा दोहरीने मञ्जुरी दिएपछि राउत सर्बसम्मत निर्वाचित भएका हुन । 

महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् । महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन् । वस्तुगतबाट राजन श्रेष्ठ र दिपक पाण्डे सदस्यमा निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले जानकारी दिए । 

यस्तै एशोसिएट्सबाट रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गुप्ताले जानकारी दिए । राउत दुई पटक प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका छन् । उनी केहि समय अघि उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि प्रदेश अध्यक्ष बन्ने बाटो खुलेको थियो ।