मुख्य समाचार

    Showing १२१-१३० of ८०२ items.
  • दुई मुलुकका औद्योगिक र व्यवसायीक सहकार्यका लागि सहजिकरण गर्ने श्रीलंकाली राजदुतको भनाई

    विराटनगर-उद्योग संगठन मोरङ र श्रीलङ्काली राजदूतबीच भेटवार्ता भएको छ । भेटका अवसरमा व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागी आपसी अनुभव, सिप तथा ज्ञान, प्रविधि, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका सम्बन्धमा नेपालका लागी श्रीलङ्काका राजदूत हिमाली अरुणतिलकासँग भेटघाट तथा छलफल गरेको छ ।नेपालस्थित श्रीलङ्कालीे दुताबास काठमाडौंमा पुस ५ गते भएको भेटघाटका अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले दुई देशबीच पौराणिक कालदेखि नै मित्रवत सम्बन्ध रहँदै आएकोले धार्मिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा समेत भएको समानतालाई आर्थिक एवं व्

    • प्रकाशित मितिः पुष ११, २०७८
    • ३४२ पटक पढिएको
  • आगमी आर्थिक बर्षमा प्रदेश १ मा प्रतिव्यक्ती आयमा ६५ डलर बृद्धि हुने, जिडिपीमा ५१ अर्बको थप योगदान

    विराटनगर-चालुआर्थिक बर्षको बजेटले प्रदेश १ मा बसोबास गर्ने नागरिकको प्रतिब्यक्ती न्यूनतम बार्षिक आय १ हजार २ सय ४५ अमेरिकी डलर पुगेको उल्लेख गरेपनि न्यूनतम साझा कार्यक्रम लागु भएपछि आगामी बर्ष अर्थात आर्थिक बर्ष २०७९/२०८० मा यो ६५ रुपैयाँले बृद्धि भई १ हजार ३ सय १० डलर पुग्ने आँकडा प्रस्तुत गरिएको छ । साझा कार्यक्रममा उल्लेख भएअनुसार अहिलेको चालु आवमा प्रदेश सरकारको कुल बजेट ३२ अर्ब ४६ करोड रहेकोमा आगामी आवमा यो बढाएर ३५ अर्ब ७१ करोड पुर्‍याउने लक्ष लिइएको छ । हाल प्रदेशको बार्षिक आर्थिक बृद्धिदर ४ दशमलव ९० प्रतिशत रहेकोमा आगमी बर्ष ६ दशमलव २० प्रतिशत पुर्‍याइने उल्लेख छ । मुलुकको कु

    • प्रकाशित मितिः पुष ११, २०७८
    • ५५२ पटक पढिएको
  • नोबेल अस्पतालले इन्टर्नसीपको नाममा अतिरिक्त शुल्क नलिने

    विराटनगर - विद्यार्थीहरूबाट ‘इन्टर्नसीप’ को नाममा चर्को शुल्क असुली धन्दालमा लागेको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले स्थानीय प्रशासनको निर्देशनपछि अतिरिक्त शुल्क नलिने भएको छ । कमाउ धन्दामा लागेको नोबेलले विद्यार्थीहरूबाट विभिन्न बहनामा मनलाग्दी रूपमा रकम असुली गर्ने गरेको विद्यार्थीका अभिभावहरूले गुनासो गरेका थिए । नोबेलमा एमबीबीएस प्रथम वर्षमा भर्ना हुन आएका विद्यार्थीलाई अतिरिक्त शुल्क बुझाउन दवाव दिएपछि अभिभावकले स्थानीय प्रशासनलाई कारवाहीका लागि अनुरोध गरेका थिए । नोबेलले स्नातक तह (एमबीबीएस) मा भर्ना हुने विद्यार्थीबाट इन्ट्रनसीप वापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन

    • प्रकाशित मितिः पुष ७, २०७८
    • ३२७ पटक पढिएको
  • भाषा र संस्कृति संरक्षण भए मौलिकता जीवित रहने– प्रदेश प्रमुख खापुङ

    उर्लाबारी-मोरङको कानेपोखरी–७ मा किरात राई यायोक्खाले निर्माण गरेको ट्रिहाउस(रुख घर)को प्रदेश नं. १ प्रमुख परशुराम खापुङले उद्घाटन गरेका  छन् । किरात राई यायोक्खाले किरात धार्मिक वन परिसरमा निर्माण गरेको रुखघरको उधौली पर्वको अवसरमा खापुङले उद्घाटन गरे ।रुखघरको उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले भाषा, संस्कार, संस्कृतिको संरक्षण भए मात्र हाम्रो मौलिकता जीवित रहने बताए । उनले एक समुदायले अर्का समुदायको सभ्यतालाई बचाउन मद्दत गर्नुपर्नेमा जोड दिँदै नेपाली संस्कृति संरक्षण सबैको हातेमालो आवश्यक रहेको औंल्याए ।पर्यटकीय हिसाबमा निर्माण गरिएको ट्रिहाउस एउटा परिवार बास बस्नको लागि मिल्ने क्षमताको

    • प्रकाशित मितिः पुष ५, २०७८
    • ३२० पटक पढिएको
  • मन्त्री केदार कार्की कांग्रेस केन्द्रीय सदस्यमा पराजित

    विराटनगर- प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । संस्थापन इतर समुहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत ल्याएका थिए । ६४ मत कम आउँदा उनी पराजित बनेका हुन् ।कांग्रेसको विधान अनुसार खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ । कार्की भने मतपरीणामले ३७ नम्बरमा परेका छन् । पराजित कार्की सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाका विश्वसा पात्र मानिन्छन् । उनी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत थिए ।

    • प्रकाशित मितिः पुष ५, २०७८
    • ५३५ पटक पढिएको
  • एमसिसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनद्वारा कार्यदल गठन

    काठमाडौं- सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आह्वान गर्नुभएको सत्तारुढ गठबन्धनको बैठकले सो सहमति गरेको हो । कार्यदलमा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् । कार्यदलले संसद् बैठक सुचारु गर्नेदेखि संसद्‍मा विचाराधिन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरुसँग आवश्यक परामर्

    • प्रकाशित मितिः पुष ५, २०७८
    • ३१४ पटक पढिएको
  • पूर्वमा लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदै

    फुङ्लिङ । पूर्व क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायले आज चासोक तङ्नाम धुमधामका साथ मनाउँदै छन् । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउँदै आएका छन् ।खेती प्रणालीको विकासदेखि ती समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएको किराँत याङ्थुङ चुम्लुङ ताप्लेजुङका शाखाका सचिव इदिरा मान्याङ्बोले बताए । धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ ।आजको दिन किराँत समुदायमा बस्ती चासोक तङ्नाममय बनेको छ । प्रदेश नं १ मा किराँत समुदायको बसोबास भएकाले आज एक दिन सार्वजनिक बिदासमेत दिएको छ । प्रायः पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरी

    • प्रकाशित मितिः पुष ४, २०७८
    • ३३० पटक पढिएको
  • मानव संशाधन तथा औद्योगिक सम्वन्ध विकासबारे अन्तरक्रिया कार्यक्रम

    विराटनगर-उद्योग व्यवसाय क्षेत्रको उत्पादकत्व अभिवृद्धिका साथै सुमधुर औद्योगिक श्रम सम्वन्ध विकासलाई दृष्टिगत गरी मानव संशाधन तथा औद्योगिक सम्वन्ध विकासका बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग संगठन मोरङको आयोजनामा भएको कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योगको उत्पादकत्व, सेवा र वितरण प्रणाली वीचको अन्तरसम्वन्धलाई सृदुढ वनाउने महत्वपूणर् पक्षका रुपमा रहेका मानव संशाधन र असल औद्योगिक सम्वन्ध विकासमा सहयोग पुर्‍याउन कार्यक्रम आयोजना गरिएको वताए । उनले प्रचलित ऐन कानुनको परिधिमा रही सौहाद्रपूणर् अभ्यासको माध्यमबाट विवाद न्यूनिकरणका उपायहरु अवलम्वन गरी औद्योगिक शान्ति

    • प्रकाशित मितिः पुष २, २०७८
    • ४२५ पटक पढिएको
  • नेपाली जुत्ताचप्पल उद्योगले सुरु गरे विन्टर फुटवेयर महाउत्सव

    विराटनगर-‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले पुस २ गते देखी एक महिना सम्मका लागि उपभोक्तालाई ६० प्रतिशत सम्म जुत्ता चप्पलमा छुट दिएर विन्टर फुटवेयर महाउत्सव सुरु गरेका छन । स्वदेशी उत्पादन नै प्रयोग गरौं भनेर उपभोक्तालाई जागरुक बनाउन उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले संयुक्त रुपमा ‘मेरो देश मेरै उत्पादन’अभियान सुरु गरेका हुन । विराटनगरको भाटभटेनी सुपर स्टोर भन्दा दक्षिणपट्टी सुरु गरिएको महाउत्सवमा अहिले युनाइटेड लेदर, शिखर सुज र हाइलाइफका १५ सय भन्दा बढी डिजाइनका जुत्ताचप्पल प्रर्दशनीमा राखिएका छन । नेपाली उपभोक्ताले जहिले प

    • प्रकाशित मितिः पुष २, २०७८
    • १,९३९ पटक पढिएको
  • समयमा नै कानून निर्माण नहुदा वायर हाउस निर्माणमा सुस्तता, मापदण्डका बारेमा छलफल

    विराटनगर-प्रदेश सरकारले कृषी उपज भण्डारण गर्ने वेयर हाउस सम्बन्धि कानून समयमा नै निर्माण गर्न नसक्दा यति बेला निर्माण सम्पन्न भएर संचालनमा आइसक्नु पर्ने वेयर हाउसहरुको बल्ल मापदण्डको काम अघि बढेको छ । प्रदेश सरकारले सार्वजनिक-निजी साझेदारीका अवधारणामा वेयर हाउस निर्माण गरेर सञ्चालन गर्ने कानुन बनाउन लाग्दा त्यसले पूणर्ता पाउन नसकेको हो । प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेलले प्रदेश सरकारले वेयर हाउससम्बन्धी कानुन निर्माण गर्न नसकेको स्वीकार गरे ।प्रमुख पोखरेलले प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अघि बढाएको तर सङ्घ र प्रदेश

    • प्रकाशित मितिः पुष २, २०७८
    • ३३० पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल