कला/साहित्य

    Showing 1-10 of 15 items.
  • अधिकारीको ‘बरियो’ गजल संग्रह विमोचन

    विराटनगर-साहित्यकार रोमु अधिकारीद्वारा लिखित ‘बरियो’ गजल संग्रहको शनिबार एक समारोहका बीच विमोचन गरिएको छ । साहित्य कला संस्कृति प्रतिष्ठानले सुनसरीको धरानमा शनिबार आयोजना गरेको कार्यक्रममा संघीय सांसद जयकुमार राई, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, धरान वडा नम्बर १३ का अध्यक्षसमेत रहनु भएका प्रतिष्ठानका संरक्षक नेत्र काफ्ले, प्राध्यापक कविराज न्यौपाने, डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीका अध्यक्ष विनोद विवश, आयोजक संस्थाका अध्यक्ष गोपाल श्रेष्ठलगायतले संयुक्त रुपमा गजल संग्रहको विमोचन गरे । विमोचित कृतिका बारेमा अग्रज साहित्यकार मधु पोखरेलले समीक्षा गरेका थिए । समीक्षक पोखरेलले संग्र

    • प्रकाशित मितिः पुष २४, २०७८
    • 315 पटक पढिएको
  • ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न

    विराटनगर-थालासेमिया पिडित बिरामीको उपचारका लागि मोरङको विराटनगरमा आयोजित ‘च्यारिटी सो’ सम्पन्न भएको छ ।क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न भएको हो । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि सम्पर्कमा आएका १०५ जना थालासेमिया पिडित बिरामीहरु उपचारमा सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरिएको थियो । सम्पर्कमा आएका बिरामीहरुमध्ये सुरुवाती चरणमा कम्तीमा २० परिवारको स्वास्थ्य बिमा गर्ने तयारी गरेको आयोजक संस्थाका अध्यक्ष भुवन दाहालले कार्यक्रमको दौरान बताए ।आवर प्रोडक्सन कम्पनीको आयोजनामा सम्पन्न उक्त कार्य

    • प्रकाशित मितिः पुष ११, २०७८
    • 364 पटक पढिएको
  • साहित्यकार चौधरीको ‘एक झल्को प्रेम’ विमर्श

    विराटनगर-साहित्यकार लक्ष्मी चौधरी ‘युग्मी’ को उपन्यास ‘एक झल्को प्रेम’माथि शुक्रबार विमर्श गरिएको छ । अम्वे-मुरारी सेवा केन्द्र विराटनगरले आयोजना गरेको कार्यक्रममा ‘एक झल्को प्रेम’ माथि विमर्श गरिएको हो । उपन्यासका विषयमा टिप्पणी गर्दै साहित्यकार हरि कट्टेलले सामाजिक विषयसहित प्रेम-प्रणयलाई ‘एक झल्को प्रेम’मा सशक्त रुपमा उठाइएको बताए । उनले उपन्यास यथार्थपरक भएको दाबी गर्नुभयो । वरिष्ठ साहित्यकार दधिराज सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्राज्ञ विवश पोखरेल, साहित्यकार रामबाबु दाहाल, भरत गुरागाईं ‘बर्बरिक’, आयोजक संस्थाकी अध्यक्ष युवा भण्डारी, कोषाध्यक्ष चूडा ठकुरी, एवीसी नेपा

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 453 पटक पढिएको
  • भ्रष्टचार विरुद्धको आवाज ‘ठूला माछा-साना माछा’

    विराटनगर-नाटकको समयमावधि राजनीतिक नेतृत्व र कर्मचारीले सर्वसाधारणलाई कसरी दुःख दिएका छन् भन्ने विषयलाई नाटकले सशक्त रुपमा उठाएको छ । यतिमात्र होइन नाटकको अन्त्यसम्म आइपुग्दा दर्शकको मनभित्र भ्रष्टचार विरोधी मत श्रृजना गर्दै सकिन्छ नाटक ‘ठूला माछा-साना माछा’ । शिल्पी थिएरटरको मुक्त रंगमञ्च अभियान अन्तरगत विराटनगरमा मञ्चन गरिएको नाटकले दर्शकमाझ एउटा छाप छाड्न सफल हुन्छ । जुन शुक्रबार मञ्चन गरिएको थियो । किसान, मजदुरहरुले सरकार, ठेकेदार र विचौलियाबाट कतिसम्म दुःख पाएका छन् भन्ने विषयलाई नाटकले छर्लङ पारेको छ । शिल्पीले विराटनगरमा ‘ठूला माछा-साना माछा’ नाटक मञ्चन गरेर अभियानको सुरु गरेको छ ।&

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • 518 पटक पढिएको
  • मदन भण्डारी प्रतिष्ठानले शुरु गर्यो राजनीतिकर्मीको इतिहास संरक्षण अभियान

    विराटनगर- मोरङ उर्लाबारीको मदन भण्डारी स्मृति प्रतिष्ठानले समाजमा विशेष योगदान दिएका ब्यक्ति तथा राजनीतिकर्मीको इतिहास संरक्षण अभियान शुरु गरेको छ । प्रतिष्ठानले समाजको विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुको वारेमा ग्रन्थ प्रकाशित गरि उनीहरुको योगदानलाई जीवन्त राख्ने अभियान संचालन गरिरहेको प्रतिष्ठानका अध्यक्ष गुरु वरालले जानकारी दिए । उनका अनुसार अहिले सम्म प्रतिष्ठानले तस्वीरमा मदन भण्डारी, मदन भण्डारी स्मृति ग्रन्थ भाग १, मधुमल्लाका तिलवहादुर राई स्मृति ग्रन्थ ‘मिक्लाजुङ्गको मोती’, मोरङ वयरवनका काशीनाथ दाहाल स्मृति ग्रन्थ ‘आदर्शको आकाश’,मित्रलाल सुवेदी स्मृति ग्रन्थ ‘स्वाभिमानको पहाड ’

    • प्रकाशित मितिः आश्विन २७, २०७८
    • 622 पटक पढिएको
  • कुभिण्डेलीको महागुरु बलराम काव्य बजारमा

    विराटनगर - साहित्यकार भानुभक्त कुभिण्डेलीद्वारा लिखित ‘महागुरु बलराम’ नामक पुस्तकको विमोचन गरिएको छ ।खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यसमितिले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । जीवनीमा आधारित काव्यको साहित्यकार बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष घनश्याम पोखरेल, मुक्तक प्रतिष्ठान प्रदेश–१ का अध्यक्ष बाबुराम पोखरेललगायतले विमोचन गरेका थिए । काव्यले समाजसुधारक तथा शिक्षासेवी बलराम पोखरेलले समाजमा पुर्याएको योगदानको चर्चा गरिएको छ । सोही अवसरमा आयोजित मासिक कविगोष्ठीमा कवि भरत गुरागाईं, ममता मृदुल, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, चूडामणि नेपाल अकिञ्चन,

    • प्रकाशित मितिः आश्विन ३, २०७८
    • 328 पटक पढिएको
  • अपाङ्गता भएका व्यक्तिले ल्याए कोसेली घर सञ्चालनमा

    विराटनगर - विराटनगरमा अपांगता भएका व्यक्तिहरु आफैंले उत्पादन गरेका सामग्री राखेर कोशेली घर सञ्चालनमा ल्याएका छन् ।विराटनगरको राष्ट्रिय अपाङ्ग महासंघको कार्यालय छेउमा सञ्चालन भएको कोसेली घरको सोमबार उद्घाटन भएको छ ।प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले कोशेली घरको उद्घाटन गरे । अपाङ्ग महासंघ प्रदेश १ का अध्यक्ष पार्वता श्रेष्ठका अनुसार प्रदेशका १४ वटै जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका सामग्रीहरु कोशेली घरमा राखिएको छ । अपांगता भएका व्यक्तिहरुले स्वरोजगार बन्नको लागि उत्पादन गरेको सामग्री बिक्री वितरणमा समस्या भइरहेकोले त्यसको समाधान कोशेली घरले गरेको उनको भन

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 348 पटक पढिएको
  • विराटनगरका नवोदितसहित चार जनालाई युवावर्ष मोती पुरस्कार समर्पण

    विराटनगर-  नेपाली साहित्यको महत्वपूर्ण पुरस्कार मध्ये एक मानिएको मोती पुरस्कारबाट विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदित सहित चारजना पुरस्कृत  भएका छन । दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई नेपाल सरकार युवातथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको ‘युवावर्ष मोती पुरस्कार–२०७७’ प्रदान गरिएको हो । पुरस्कारका रुपमा संयुक्त रुपमा ५० हजार राशि सहित स्वर्ण पदक र सम्मानपत्र रहेको छ । नवोदितलाई वरिष्ठ कवितुलसीदिवसले नगदसहित स्वर्ण पदक र सम्मान पत्र समर्पण गरे ।  कोषले नवोदितका साथमा सो पुरस्कार कवि, आख्यानक

    • प्रकाशित मितिः भदौ २६, २०७८
    • 289 पटक पढिएको
  • जनताका गायक जेवि टुहुरेको निधन

    विराटनगर-‘आमा दिदी बहिनी हो कति बस्छौं दासी भई सुखको सधै प्यासी बनेर’ यहि गितले ३० को दशकमा पंचायतको जग हल्लाउने काम गरेको थियो । तिनै गितका जनवादी गायक जेवि टुहुरे(जुठबहादुर खड्गी)को बिहिबार निधन भएको छ । टुहुरेको संघिय राजधानीको बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा निधन भएको हो ।टुहुरे गत मंगलबार घरमा एक्कासी लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्रनिकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् । लामो समय एमालेमा रहेका टुहुरे पछिल्लो समय माओवादी केन्द्रको जनसाँस्कृतीक फाँटमा आवद्ध थिए । उनको पार्थिव

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 297 पटक पढिएको
  • मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

    विराटनगर–साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आइतबार काठमाडौंमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे ।कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताए । उनले भने,- ‘उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ ।  आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • 207 पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • khabarpalpa[email protected]

हाम्रो समूह

  • अध्यक्ष / प्रधान सम्पादक वेदराज पौडेल
  • सम्पादक कृष्णकुमार दाहाल ‘शिशिर’
  • कार्यकारी सम्पादक उमा थापा पोखरेल
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७