विराटनगर-आयात निर्यातका लागि भारतको भीमनगर र नेपालको भण्टावारी नाका सुचरु भएपछि बुधबार २ सय २२ मालबाहक सावारी विराटनगर आइसीपीको यार्डमा आइपुगेका छन । उनीहरुको चेकजाँच र भन्सार जाँचपास बिहिबारबाट हुने भन्सार कार्यालय जनाएको छ । 

विहान पूर्वपश्चिम राजमार्गमा सवारीको चाप हुने भएकाले बेलुका नौं बजेबाट प्रहरीको स्कटिङमा भाण्टाबारी नाकाबाट विराटनगरको आइसीपी सम्म मालबाहक ल्याउने तीनीहरुको भन्सार चेकजाँच भोलिपल्ट गर्ने ब्यवस्था मिलाइएको भन्सार अधिकृत अमित तिवारीले जानकारी दिए ।  

पाँचदिन देखी निकासी पैठारी ठप्प भएको विराटनगर नाकामा आउने भारत लगायतका तेश्रो मुलुकबाट आउने सामाग्रीका लागि सुनसरीको भाण्टावारी नाका मंगलबारबाट सुचारु गरिएको छ । सोमबार नेपालको भन्सार विभागले र मंगलबार भारतीय भन्सार विभागले रिरुटका लागि अनुमति दिएपछि ११६ किलोटरमा घुमेर मालबाहक सवारी विराटनगर भन्सार आउन थालेका छन । 

विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिममा भारतमा रहेको मिरगंजको बेलीब्रिज भासिएपछि विराटनगर नाकाबाट हुने निकासी पैठारी ठप्प भएको थियो । जस्को कारण विराटनगर भन्सार कार्यालयले दैनिक १४ करोड ५० लाख राजश्व गुमाउदै आएको थियो । पाँच दिनमा विराटनगर भन्सार कार्यालयले संकलन गर्नुपर्ने ६० करोड राजश्व संकलन गर्न सकेन । 

चार दिन देखी जोगवनी र भाण्टावारी नाका जाने सडकमा ६ सय भन्दा बढी मालबाहक अलपत्र परेर बसेका थिए । ती सवारी विस्तारै सुपौल जिल्लाको विरपुर तर्फ लागेका छन । जहाँ भारत तर्फ भीमनगर भन्सार छ भने नेपाल तर्फ भण्टावारी छोटी भन्सार छ । 

नेपालको भन्सार विभागले भारतीय पक्षबाट स्वीकृती आएमा तत्कालका लागि सुनसरीको नेपाल भारत सीमामा रहेको भण्टावारी नाका प्रयोगको अनुमति सोमबार साँझनै दिएको थियो । तर भारतको कष्टम विभाग र डिएम कार्यालयले यस बारेमा माथिल्लो निकायमा पत्र लेखेपनि त्यसको जवाफ नआएकाले कुन नाका प्रयोग गर्न दिने भन्ने अन्यौलताका कारण नेपाल भारत निकासी र पैठारी रोकीएको थियो । 

विराटनगर भन्सार कार्यालय प्रमुख ताराप्रसाद सापकोटाका अनुसार भण्टावारी नाका हुदै विराटनगरको आईसीपी सम्म आइपुग्दा मालवाहकलाई झण्डै ११६ किलोमिटरको यात्रा तय गर्नु पर्छ । ४ बर्ष अघि पनि मिरगंजको पुल भासिदा मालबाहक सवारीलाई भण्टावारी नाकाबाटै नेपाल प्रवेश दिइएको थियो । 

भारतबाट भण्टावारी नाका हुदै मालवाहकले नेपाल प्रवेश पाएपनि भण्टावारीमा नै भन्सार भने काट्न मिल्दैन । त्यसैले नेपाल प्रहरीको सुरक्षा निगरानीमा मालवाहक सवारी सिल लगाएरै विराटनगर भन्सार कार्यालयमा आएपछि मात्र भन्सार जाँचपास भएर मात्र गन्तब्य सम्म जाने भन्सार प्रमुख सापकोटाले बताए । 

भन्सार अधिकृत अमित तिवारीका अनुसार विराटनगर भन्सारको दैनिक राजश्व संकलनको लक्ष्य १४ करोड ५० लाख भएपनि पुस भासिएपछि भारत लगायत तेश्रो मुलुकबाट दैनिक उपभोग्य बस्तु र कच्चा पदार्थ समेत नआएकाले पाँच दिनमा झण्डै ६० करोड राजश्व संकलन हुनु पर्नेमा संकलन हुन सकेन । 

दैनिक पाँच दिन सम्म पुल भासिएको भारतको मिरगञ्जमा रहेको फलामको पुल भासिएपछि जोगवनी नाका सम्म आउने अन्य स्तरिय बाटो नभएको कारण तत्काललाई समस्या भएपनि फलामको पुल भन्दा एक किलोमिटर उत्तर तर्फ मोटरेबल पक्की पुल बनिसकेकाले त्यो दुई महिना भित्रमा चालु भएपछि जोगवनी नाकामा आउजाउ गर्ने मालवाहकको समस्या स्थायी रुपमा समाधान हुने छ । विराटनगर नाकाबाट दैनिक तीन सय मालबाहक आवत जावत गर्ने गर्ने गरेका छन ।