महोत्तरी - महोत्तरीको रामगोपालपुर नगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रमका लागि भन्दै आज रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

उक्त नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य केन्द्रहरू उद्घाटनको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउन लागेको भन्दै नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो ।

उक्त नगरपालिकाका वडा न २,३,४,६,७,८ र ९ को आधारभूत स्वास्थ्य केन्द्रको अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड अस्वस्थ भएपछि कार्यक्रम अन्तिम समयमा स्थगित भएको थियो ।