विराटनगर । अस्पतालहरुमा पछिल्लो समय देखीएको रगत अभावलाई केही सहयोग पुगोस भन्ने उधेश्यले नेपाल मसलन्द तथा शैक्षिक सामग्री उधोग संघ प्रदेश नं १ ले शनिबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल रेडक्रसको सहकार्यमा बिराटनगर ९ स्थित बि प्लटमा गरीएको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको नेपाल मसलन्द तथा शैक्षिक सामग्री उधोग संघ प्रदेश नं १ का ईन्चार्ज कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।