प्रदेश १

    Showing १४१-१५० of १,०९७ items.
  • मोरङ व्यापार संघद्वारा भारतीय कस्टम्स कमिश्नरसँगको सिसिएफसी बैठकमा सुझाव प्रस्तुत

    मोरङ व्यापार संघले जोगबनी आएका पटना, भारतका कस्टम्स कमिश्नर पिके कट्यारसहित भारतका भन्सार अधिकारीहरुसँग भेट गरी नेपाल–भारत व्यापार सहजीकरण विषयहरुमा छलफल गरेको छ । पटनाका कस्टम्स कमिश्नरद्वारा गठित कस्टम्स क्लियरेन्स फेसिलिटेशन कमिटी (सिसिएफसी) को सदस्यको रुपमा रहेको मोरङ व्यापार संघले सोमबार आइसिपी, जोगबनीमा आयोजित सिसिएफसी बैठकमा भाग लिँदै कमिश्नर कट्यारसमक्ष संघको तर्फबाट राय सुझाव प्रस्तुत गरेको छ ।अध्यक्ष प्रकाश मून्दडाज्यूको नेतृत्वमा गएको संघको टोली बैठकमा सहभागी भई कमिश्नर कट्यारसमक्ष भुपरिवेष्ठित नेपाल तथा मोरङ–सुनसरी आर्थिक करिडरलाई भारतले विशेष सहजीकरण गर्दै जानु पर्ने बताउँदै नेपाल

    • प्रकाशित मितिः पुष ६, २०७८
    • ३४१ पटक पढिएको
  • संखुवासभामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

    संखुवासभा- संखुवासभामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । संखुवासभाको सभापोखरी गाउँपालिका-१ स्थित भित्रि सडकखण्डमा ट्याक्टरको ठक्करबाट सभापोखरी गाउँपालिका-२ का फत्तेमान राईको छोरा ११ वर्षीय निशान राईको मृत्यु भएको छ ।हिजो बेलुकी साढे ५ बजे प्रदेश १-०२-००३ त १२२९ नम्वरको ट्याक्टरले बाटो क्रस गर्दै गरेका राईलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटना गराउने ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    • प्रकाशित मितिः पुष ५, २०७८
    • २६३ पटक पढिएको
  • सुनसरीमा ट्याक्टरको डालामा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु, एक घाइते

    इटहरी- सुनसरीको गढी गाँउपालिकामा ट्याक्टरको डालामा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गढी–५ मा शनिबार राति ८ बजे भएको सो दुर्घटनामा गढी गाँउपालिका–६ का २५ वर्षीय निराजन रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को ३ त ३९ नम्बरको ट्याक्टरको पछाडिको डालामा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो । ना ८ प ४३९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रायको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार सो दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका गढी–६ कै २७ वर्षीय अक्षय राय

    • प्रकाशित मितिः पुष ४, २०७८
    • २९५ पटक पढिएको
  • कन्याममा प्याराग्लाईडिङ सञ्चालन

    इलाम-इलामको चर्चीत पर्यटकीय स्थल कन्याममा प्याराग्लाईडिङ उडाउन शुरु गरिएको छ । स्वदेशी पर्यटकको रोजाईमा परेको कन्यामको सहिद पार्कबाट पर्यटकलाई लक्षित गरी प्याराग्लाईडिङ उडाउन शुरु गरिएको हो । पोखराबाट दुई जना दक्ष पाईलट ल्याएर कन्याम भ्यू प्याराग्लाईडिङ कम्पनीले सेवा शुरु गरेको छ । बाह्रै महिना पर्यटको भीड हुँने कन्याममा कम्पनीले दैनिक दुई वटा प्याराग्लाईडिङबाट पर्यटकलाई सेवा दिन थालेको छ ।सहिद पार्कबाट उडान भरी १७ मिनेटमा कन्यामको चिया बगान घुमाएर सिद्धिखोला बेसीमा प्याराग्लाईडिङ ल्याण्ड गराउने ब्यवस्था गरिएको व्यवस्थापक ज्ञान बहादुर प्रधानले जानकारी दिए । प्रधानका अनुसार कन्याबाट दुई वटा प्य

    • प्रकाशित मितिः पुष ४, २०७८
    • ४४१ पटक पढिएको
  • मानव संशाधन तथा औद्योगिक सम्वन्ध विकासबारे अन्तरक्रिया कार्यक्रम

    विराटनगर-उद्योग व्यवसाय क्षेत्रको उत्पादकत्व अभिवृद्धिका साथै सुमधुर औद्योगिक श्रम सम्वन्ध विकासलाई दृष्टिगत गरी मानव संशाधन तथा औद्योगिक सम्वन्ध विकासका बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग संगठन मोरङको आयोजनामा भएको कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योगको उत्पादकत्व, सेवा र वितरण प्रणाली वीचको अन्तरसम्वन्धलाई सृदुढ वनाउने महत्वपूणर् पक्षका रुपमा रहेका मानव संशाधन र असल औद्योगिक सम्वन्ध विकासमा सहयोग पुर्‍याउन कार्यक्रम आयोजना गरिएको वताए । उनले प्रचलित ऐन कानुनको परिधिमा रही सौहाद्रपूणर् अभ्यासको माध्यमबाट विवाद न्यूनिकरणका उपायहरु अवलम्वन गरी औद्योगिक शान्ति

    • प्रकाशित मितिः पुष २, २०७८
    • ४२६ पटक पढिएको
  • नेपाली जुत्ताचप्पल उद्योगले सुरु गरे विन्टर फुटवेयर महाउत्सव

    विराटनगर-‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले पुस २ गते देखी एक महिना सम्मका लागि उपभोक्तालाई ६० प्रतिशत सम्म जुत्ता चप्पलमा छुट दिएर विन्टर फुटवेयर महाउत्सव सुरु गरेका छन । स्वदेशी उत्पादन नै प्रयोग गरौं भनेर उपभोक्तालाई जागरुक बनाउन उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले संयुक्त रुपमा ‘मेरो देश मेरै उत्पादन’अभियान सुरु गरेका हुन । विराटनगरको भाटभटेनी सुपर स्टोर भन्दा दक्षिणपट्टी सुरु गरिएको महाउत्सवमा अहिले युनाइटेड लेदर, शिखर सुज र हाइलाइफका १५ सय भन्दा बढी डिजाइनका जुत्ताचप्पल प्रर्दशनीमा राखिएका छन । नेपाली उपभोक्ताले जहिले प

    • प्रकाशित मितिः पुष २, २०७८
    • १,९४४ पटक पढिएको
  • समयमा नै कानून निर्माण नहुदा वायर हाउस निर्माणमा सुस्तता, मापदण्डका बारेमा छलफल

    विराटनगर-प्रदेश सरकारले कृषी उपज भण्डारण गर्ने वेयर हाउस सम्बन्धि कानून समयमा नै निर्माण गर्न नसक्दा यति बेला निर्माण सम्पन्न भएर संचालनमा आइसक्नु पर्ने वेयर हाउसहरुको बल्ल मापदण्डको काम अघि बढेको छ । प्रदेश सरकारले सार्वजनिक-निजी साझेदारीका अवधारणामा वेयर हाउस निर्माण गरेर सञ्चालन गर्ने कानुन बनाउन लाग्दा त्यसले पूणर्ता पाउन नसकेको हो । प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेलले प्रदेश सरकारले वेयर हाउससम्बन्धी कानुन निर्माण गर्न नसकेको स्वीकार गरे ।प्रमुख पोखरेलले प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अघि बढाएको तर सङ्घ र प्रदेश

    • प्रकाशित मितिः पुष २, २०७८
    • ३३३ पटक पढिएको
  • नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा पक्राउ

    झापा,  नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा मेचीनगर नगरपालिका-६ स्थित रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।उक्त टुर्स एण्ड ट्राभल्समा नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त टुर्स एण्ड ट्राभल्सको कार्यालयमा रहेको २ थान ल्यापटप र १ थान प्रिन्टर बरामद गरेको छ ।अनुसन्धानको क्रममा उक्त ल्यापटपमा मेची अञ्चल अस्पताल, बिएण्डसी मेडिकल कलेज टिचिङ अस्पताल, नेशनल पब्लिक हेल्थ ल्याबोरेटरि काठमाडौंको अफिसियल प्याडहरूलाई डिजिटल स्क्या

    • प्रकाशित मितिः पुष १, २०७८
    • ३७९ पटक पढिएको
  • झापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

    झापा- झापामा हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । जंगलमा घाँस काट्न गएका ७८ वर्षीय कृष्ण भुजेलको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरूङ्गाले जनाएको छ।कनकाई नगरपालिका २ स्थित जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रमा घाँस काट्न गएका भुजेल तीनदेखि हराइरहेका थिए।सुरूङ्गाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले सोमबार दिउँसो घाँस काट्न जंगल गएका भुजेल रातिसम्म पनि घर नआएपछि उनको खोजी सुरू भएको थियो।प्रहरी र स्थानीयले खोजी गर्नेक्रममा सामुदायिक वनभित्र बुधबार दिउँसोमात्रै भुजेल मृत फेला परेका थिए । घटनाको प्रकृति र आसपासको क्षेत्रको अध्ययन अनु

    • प्रकाशित मितिः पुष १, २०७८
    • ४२५ पटक पढिएको
  • तस्करी हुँदै गरेको सुँगुरका पाठा बरामद

    विराटनगर- विराटनगरको दरैया बस्तीस्थित नेपाल भारत सीमा क्षेत्रबाट अवैध रुपमा भन्सार छली गरि भारततर्फ लाँदै गरेको सुँगुरका पाठा बरामद गरेको छ । दिउँसो एक बजेको समयमा सशस्त्र प्रहरी निरीक्षयक पन्तको कमाण्डमा खटिएको टोलीले ४८ हजार मुल्य बराबरको ६० वटा सुँगुर पाठा बरामद गरेको हो ।प्रहरीलाई देखपछि सुँगुर पाठा छोडेर तस्करी गर्ने व्यक्ति भागेका थिए भने सो सामान प्रहरीले बरामद गरि आवश्यक कारबाहीको लागि आन्तरिक भन्सार कार्यलय बुझाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुष १, २०७८
    • ३१२ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल