मुख्य समाचार

    Showing १८१-१९० of ८०५ items.
  • रानी-धरान सडकखण्डको बिजोग : डोबमा गुड्न बाध्य छन् सवारीसाधन

    विराटनगर — निर्माणाधीन कोसी राजमार्ग, रानी–धरान सडक खण्डअन्तर्गत विराटनगर क्षेत्रमा कालोपत्रे भासिएर डोब बनेको छ । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रे सडकमा सवारीसाधन गुड्ने चक्काको डोब छुट्टै बनेको हो । विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीन किलोमिटर र बरगाछी–ढाटसम्मको कालोपत्रे सडक भत्केको छैन तर पिच भासिएर बनेका ढिस्का हुँदै सवारी गुड्छन् ।भारत–नेपाल–चीन त्रिदेशीय ‘लाइफलाइन’ वा व्यापारिक मार्गका रूपमा परिचित यो सडकको निर्माण सम्पन्न भएको खण्ड हस्तान्तरण गर्नुअगावै भासिन थालेको हो । निर्माण सम्झौताका आधारमा ठेकेदारले पुनर्निर्माण गर्नुपर्ने प्रावधान रहे पनि छ लेन सडक आयोजना इटहरी मौन देखि

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • ३०४ पटक पढिएको
  • कांग्रेस पछि हटेपछि प्रदेश १ मा सरकार ढल्ने नढल्ने दोधार

    विराटनगर-केन्द्रिय नेतृत्वले भनेजसरी आत्मसमर्पण गरेर सत्तामा नजाने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश १ का सचेतक केदार कार्कीले बताएका छन । जनताले प्रतिपक्षको भूमिकामानै कांग्रेसलाई  हेर्न चाहेकाले तत्कालै सत्तामा जाने हतारो आफुहरुलाई नरहेको उनले प्रष्ट पारेका छन । यस अघि कांग्रेस सहित नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, जसपा र संघिय लोकतान्त्रिक मञ्च सहितका दल सम्मिलित भएर प्रदेश १ मा नयाँ सरकार गठन गर्ने सहमति समेत जुटिसकेको थियो । जस अनुसार मुख्यमन्त्रीले आइतबार आफ्नो पक्षमा बहुमत देखाउने गरि विश्वासको मत लिने कार्यक्रम थियो । तर नेपाली कांग्रेसकै कारणले मुख्यमन्त्रील

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ८६१ पटक पढिएको
  • फेरी लगाउने काममा युवा पुस्ताको चासो घट्दो

    खोटाङ — जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत/प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ । वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै शङ्ख (बराँठको सिङ) बजाएर फेरी लगाउने चलन छ । धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परागत पेसालाई दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका १९ घर जोगी समुदायले लामो समयदेखि निरन्तरता दिँदै आएका छन् । फेरी लगाउने जोगीलाई फेरी लगाइएको घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यूलगायत खाद्यान्न तथा पैसासमेत भिक्षा (दान) दिने चलन छ । रातका समयमा फेरी

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ३२६ पटक पढिएको
  • काँग्रेस र एमालेद्वारा प्रदेश १ काे प्रदेशसभा बैठक रोक्न निवेदन दर्ता

    विराटनगर - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले आजको प्रदेशसभा बैठक रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता गराएको छ ।आजको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रस्तावमा छलफलमा तयारी भइरहेको बेला कांग्रेसले बैठक रोक्न माग गरेको हो ।कांग्रेसले बैठक स्थगित गर्न माग गरेपछि सत्तारूढ दल एमालेले पनि बैठक रोक्न र कार्तिक १५ गतेमात्र बैठक राख्न माग गर्दै अर्को निवेदन दिएको छ ।कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ को भ्रमण परेकोले आजको बैठक स्थगित गर्न माग गरेको हो भने एमालेले कांग्रेसले बैठक स्थगित गर्न माग गरेको र अब १५ गते अगाडि पार्

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ३०० पटक पढिएको
  • काठमाडौँ पुगेपछि बाढी पीडितलाई राहतको व्यवस्था मिलाउँछु : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितलाई राहतको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् । पूर्वका बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न आज पूर्व आएका देउवाले आइतबार बिहान सशस्त्र प्रहरी बलको कार्यालय पकलीमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग भेटघाट गर्दै बाढी पीडितलाई राहतको व्यवस्था मिलाउने जनाएका हुन् । मङ्गलबार आएको बाढीका कारण समस्यामा परेका पीडितको लागि सरकारले उचित राहतको व्यवस्था मिलाउने बताउँदै उनले काठमाडौँ पुगेपछि राहतको व्यवस्था मिलाउने पनि जनाए । बाढी पीडितको पक्षमा सरकार रहेको उनको भनाइ छ । भेटघाटका क्रममा कोसी गाउँपालिकाका अध्यक्ष एयुब अन्सारी, धरान

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • २८६ पटक पढिएको
  • प्रधानमन्त्री देउवा पूर्वका बाढी, पहिरो प्रभावित क्षेत्रमा आउँदै

    विराटनगर- प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न आज बिहान पूर्व  आउँदै छन् । उनी बाढी, पहिरो र डुबान प्रभावित जिल्ला सुनसरी, मोरङ, इलाम र पाँचथर आउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको छ । उनी आजै साँझ काठमाडौँ फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।यसअघि प्रधामन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ३०४ पटक पढिएको
  • मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

    विराटनगर- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार (आज) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । नेकपा एमाले विभाजनको दोस्रो दिन गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए । अब, आइतबार दिउँसो साढे १२ बजे बस्ने संसद् बैठकमा मुख्यमन्त्रीको सो प्रस्तावमाथि छलफल हुनेछ । छलफलपछि आजै मत विभाजन पनि हुनेछ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठक थियो । सो बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि संसदमा प्रस्ताव टेबल गरेका थिए ।&nbs

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • ४१६ पटक पढिएको
  • मोरङको लक्ष्मीमार्गमा कात्तिक ११ गतेदेखि बेलबारी गोल्डकप हुँदै

    विराटनगर - मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा आगामी कात्तिक ११ गतेदेखि चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक डाँगीहाट युथ क्लबले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका बारेमा जानकारी दिएको छ । कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधी शून्यप्राय भइरहेका बेला डाँगीहाट युथ क्लबले लक्ष्मीमार्गस्थित मैदानमा गोल्डकप आयोजना गर्न लागेको हो । प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहने डाँगीहाट युथ क्लबका सल्लाहकार भाइकुमार गुरुङले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौं, ह

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ४२५ पटक पढिएको
  • प्रदेश १ मा पीडित बनेकाको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

    विराटनगर- प्रदेश १ मा बाढी र पहिरोका कारण पीडित बनेकाको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भीषण वर्षापछिको बाढी, पहिरो र डुबानबाट प्रभावित बनेकाको उद्धारमा नेपाल तथा सशस्त्र प्रहरीका तालिमप्राप्त जनशक्ति परिचालित भएका हुन् । बाढी र पहिरोमा बेपत्ता भएकोको खोजी, मृतकको संख्या यकिन गर्नेदेखि लिएर अवरुद्ध सडक सञ्चालन तथा सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्नेसम्मको काममा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको हो । प्राकृतिक प्रकोपले निम्त्याएको विपत्तिपछिको उद्धारका लागि नेपाल प्रहरीले ५ हजार ९५ जना जनशक्ति परिचालन गरेको छ । सशस्त्र प्रहरीले २ हजारभन्दा बढीलाई बाढी एवं पहिरो प्र

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ३४९ पटक पढिएको
  • मुख्यमन्त्री आचार्यद्धारा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश, आइतबार मतदान

    विराटनगर-  प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेकाछन । प्रस्तावमाथि आइतबारको बैठकमा मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले बताए । विश्वासको मत लिनेसम्बन्धी मुख्यमन्त्रीको प्रस्तावमा आइतबार मतदान गर्ने सहमति कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएसँगै आचार्य नेतृत्वको सरकारको आयु आइतबारसम्म लम्बिएको हो । विश्वासको मत लिनका लागि असोज २५ गते मुख्यमन्त्री आचार्यले प्रदेशसभा सचिवसमक्ष सूचना दिएका थिए । प्रदेश सभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । संसदमा सामान्य बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धनका पक्षमा ५० सांस

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • ३३२ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल