तेगुसिगला- होन्डुरसमा नयाँ राष्ट्रपति निर्वाचित भएकी छन् । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रपति निर्वाचित भएको जनाएको छ । होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीकी नेतृ सियोमरा नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो ।

यहाँ अघिल्लो महिना नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ । सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ ।

उनले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त गरेकी  थिइन् । उनी होन्डुरसका पूर्व राष्ट्रपति म्यानुअल जिलयाको श्रीमती हुन्  । उनी होन्डेरसको पहिलो महिला राष्ट्रपति भएकी छन् ।