एजेन्सी-चिलीको राष्ट्रपति पदमा वामपन्थी उम्मेदवार गाब्रिएल बोरिकले निर्वाचित भएका छन् । विश्वकै कम उमेरका नेताहरूमध्ये एक ३५ वर्षीय बोरिक चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति भए ।

उनका निकटतम् प्रतिस्पर्धी चरम दक्षिणपन्थी उम्मेदवार जोस एन्टोनियो कास्टले आधा मतपत्र गणना भएकै बेला आफ्नो पराजय स्वीकार गरेका थिए ।  कास्टले एक ट्विट गर्दै विशाल जितका लागि बोरिकलाई बधाइ समेत दिएका थिए ।

गनिएकाे करिब आधा मतपत्रमा बोरिकले ५६ प्रतिशत मत पाउनुभएकाे थियाे भने कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका थिए । सन् २०१९ र २०२० मा चिलीमा असमानता र भ्रष्टाचारको विरोधमा सरकारी विराेधका प्रदर्शनपछि निर्वाचन भएकाे हाे ।

ल्याटिन अमेरिकामा कुनै बेला आर्थिकरूपमा सर्वाधिक सन्तुलित अर्थतन्त्र भएको चिली विश्वकै सर्वाधिक आम्दानी असमानता भएको देश मानिन्छ । दुबै प्रतिस्पर्धी सरकारमा नगएका राजनीतिक पार्टीकाे प्रतिनिधित्व गर्दै चुनावमा हाेमिएका थिए ।

बोरिकले चिलीको निवृतभरण र स्वास्थ्य प्रणालीमा सुधार ल्याएर, सातामा ४५ देखि ४० घन्टाको काम घण्टा निर्धारण गर्ने र हरित लगानी प्रवद्र्धन गरी असमानता हटाउने प्रतिवद्धता व्यक्त गरे ।