काठमाडाैँ- व्यापारीसँग ‘बार्गेनिङ’ गरेर पैसा असुलेको आरोपमा प्रहरीले पत्रकार एन्जिना कार्कीलाई पक्राउ गरेको छ । अपराधिक लाभ लिएको पाइएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी डिल बहादुर मल्लले जानकारी दिए ।

नभएको हैसियत देखाएर व्यापारिक घराना शिखर ग्रुपका एकजना सेयरधनीसँग कार्कीले १५ लाख असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पत्रकार कार्कीविरुद्ध प्रहरीले ठगी र आपराधिक लाभ विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

काठमाडौँको एउटा सहकारीसँग पनि कार्कीले मोटो रकम बार्गेनिङ गरिरहेको बताइएको छ । कार्की केही समय अघिसम्म भारतीय टेलिभिजन जी न्युजसँग आबद्ध थिइन् । मङ्सिर २० मा उनले सामाजिक सञ्जालमार्फत जी न्युज हिन्दीसँगको आबद्धता टुटेको जानकारी गराएकी थिइन् ।