विराटनगर — आयोजक माल्दिभ्ससँग खेल्दै नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीले साफ च्याम्पियनसिपको सुरुवात गर्दै छ । मालेमा आज (शुक्रबार) बाट सुरु हुने १३ औं संस्करणको साफको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार साझको ९ः ४५ बजे सुरु हुनेछ ।

यस अघि उद्घाटन खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यसपटक प्रतियोगितामा पाकिस्तान र भुटान सहभागी हुने छैनन् । जसमा कारण ५ देश सम्मिलित प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा आयोजना हुनेछ । नेपाल पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ । यता, साविक विजेता माल्दिभ्स समेत नेपाललाई पराजित गर्दै घरेलु दर्शकमाझ प्रतियोगितामा बलियो उपस्थित देखाउन चाहन्छ ।

नेपाली टोलीका कप्तान किरण कुमार लिम्बुले खेल अघि बोल्दै टोलीमा युवा र अनुभवी खेलाडीको तालमेल राम्रो रहेको र घरेलु दर्शक माझ माल्दिभ्सलाई चुनौती दिन तयार रहेको बताएका छन् । प्रतियोगिताको १३ औ संस्करण आईपुग्दा नेपालले हालसम्म उपाधि हात पार्न सकेको छैन । यति मात्रै हैन । नेपाली टोली हालसम्म फाइनल समेत पुगेको छैन ।