काठमाडाैँ—चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौं किङ्स-११ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको छ । टियु क्रिकेट मैदान भिजेको कारण खेल गराउन नसकिने भएपछि काठमाडौँ र विराटनगरबीचको खेल स्थगित गरिएको हो । 

काठमाडौं र विराटनगरबीचको खेल टससमेत नभई स्थगित भएको हो । काठमाडौं र विराटनगरबीचको खेल बिहान ९ बजे सुरु हुने तालिका रहेको थियो । तर, दुई घण्टासम्म समेत मैदान तयार नहुँदा अम्पायरले खेल स्थगित गरेको हो ।