अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल बलियो टिम ओमानसँग फराकिलो अन्तरले पराजित भएको छ । आइतबार राति कतारमा भएको खेलमा नेपाल ओमानसँग ७–२ गोलान्तरले पराजित भएको हो ।

कतारको राजधानी दोहास्थित कतार युनिभर्सिटीको मैदानमा पहिलो हाफमा २–१ ले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल खाएको थियो ।

ओमानका लागि फमी सइदले नवौ मिनेटमा, मोहसने गोहराले ३०औं मिनेटमा गोल गर्दा इसम अल शुभीले ४६ र मोहमद अल घसानीले ४९ मिनेटमा गोल गरे। 

यस्तै अब्दुल्लाहजित अलमुक्बालीले ६० र ६५ मिनेट तथा जमिल अल यहमादीले ७६ मिनेटमा गोल गर्न सफल भए।

नेपालले साफ च्याम्पियनसिपको तयारीका क्रममा मैत्रीपूर्ण खेल खेलेको हो। नेपाली टिम साफको तयारीका हाल कतारमा छ।

साफ च्याम्पियनसिप आगामी असोज १५ देखि माल्दिभ्समा हुँदैछ।