राष्ट्रिय

    Showing १३१-१४० of १४९ items.
  • बाढी–पहिरोबाट सिन्धुपाल्चोकको मेलम्चीमा करिब पाँच सय जना विस्थापित

    विराटनगर - बाढी–पहिरोबाट सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् । तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । उनीहरुलाई सोही स्थानमै बिहानको खाना खुवाइएको छ । मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सारिरहेका छन् । विस्थापित भएकाहरु सुरक्षित स्थानको खोजी गर्दै अग्ला डाँडामा गएर बसेका देखिन्छन् । मेलम्ची नगरपालिकाको ११ नम्बर वडामा एक सय घरधुरी डुबानमा परेको स्थानीय जनप्रतिनिधिले जानकारी दिए । बाढीले कृषि भवन, आयुर्वेद भवन, कभर्ड हल, सिटी पार्क लगायतका भवन क्षतिग्रस्त भएका छन् । दुईवटा पक्की र दुई झोलुङ्गे गरी चार वटा पुल बगेका छन् । अ

    • प्रकाशित मितिः असार २, २०७८
    • ४३५ पटक पढिएको
  • सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी सात जनाको मृत्यु ,उद्धार र राहतमा जुट्न सभामुखको आग्रह

    विराटनगर- सिन्धुपाल्चोकमा गएराती आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल समेत बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।मे

    • प्रकाशित मितिः असार २, २०७८
    • ३५५ पटक पढिएको
  • सातै प्रदेश बजेटको अन्तिम तयारीमा, प्रदेश १ मा ३५ अर्व बढीको बजेट ल्याइने

    विराटनगर - देशकौ सात वटै प्रदेश यतिखेर बजेट ल्याउने अन्तिम तयारीमा व्यस्त छन् ।असार १ गते अर्थात मंगलवार  प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिचपनि प्रदेश सरकार बजेट निर्माणको अन्तिम तयारीमा जुटेका हुन् । धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन असमर्थ हुने संभावना छ । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८ र ७९ का लागि कोरोना महामारीलाई केन्द्रित गरेर करिब साँढे ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । यस्तै प्रदेश २ ले यही वर्षको ह

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • २७५ पटक पढिएको
  • हरेक १० वर्षमा गरिने जनगणना साउनदेखि असोजसम्म गर्ने प्रस्ताव

    विराटनगर-  यस वर्षको राष्ट्रिय जनगणना अभियान कोरोना महामारीका कारण प्रभावित भएको छ । अवस्था सामान्य रहेको थियो भने हिजा े(मंगलबार)देखि सुरु भएर आगामी असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण सुरु हुन सकेको छैन ।हरेक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको यो इतिहासकै पहिलो घटना रहेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार राष्ट्रिय जनगणना तोकिएको मितिमा हुन नसकेको यो पहिलो घटना हो । उनले विश्वका ५ दर्जनभन्दा धेरै मुलुकमा कोरोना महामारीका कारण जनगणना  स्थगित भएको 

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • २६५ पटक पढिएको
  • प्रदेश १ मा मंगलबार ७८७ संक्रमित थपिए, ४६७ जना संक्रमणमुक्त

    विराटनगर-प्रदेश १ मा मंगलबार ७८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र तेर्‍हथुममा ४-४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा १००, सुन्दरहरैचामा ७६,  उर्लाबारीमा २४, पथरीशनिश्चरेमा १९, बेलबारी र बुढीगंगामा १०-१०, मिक्लाजुङमा ५, ग्रामथान, धनपालथान र कटहरीमा ४-४, जहदा, रंगेली, लेटाङ, सुनबर्षी र स्थानीय तह नखुलेको २-२, कानेपोखरी र रतुवामाईमा १-१, झापाको भद्रपुरमा ५६, मेचीनगरमा ५१, विर्तामोडमा ४१, दमकमा २९, अर्जुनधार

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • ३१२ पटक पढिएको
  • आर्थिक कार्यविधि ऐन संशोधन गर्दै प्रदेश १ को बजेट अधिवेशन सुरु

    उमा थापाविराटनगर-पूर्व बजेट छलफलको कार्यक्रम १५ दिन अगावै गर्नु पर्ने नियमलाई संशोधन गर्दै प्रदेश १ को बजेट अधिवेशन सुरु भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनले आर्थिक कार्यविधि ऐन संशोधन अध्यादेश बहुमतले पारित गर्दै सभा सकिएको छ । अर्को बैठक मंगलबार बस्दैछ । १५ दिन अगावै पूर्ब बजेट माथिको छलफल गर्नुपर्ने नियम भएपनि कारोना माहमारीको कारण आर्थिक कार्यविधि दोश्रो संशोधन गरि छलफललाई ५ दिन छोट्याइएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन गरेका थिए । उक्त अध्यादेश सदनमा पेश गरिदा बहुमतले पारित भएको हो । अध्यादेश प्रदेशसभा निय

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • ३०० पटक पढिएको
  • नेपाल–भारत सुरक्षा बैठक ,एकअर्कामा सहयोग अदानप्रदान गरेर अघि बढ्ने प्रतिवद्धता

    विराटनगर-  नेपाल–भारत संयुक्त सुरक्षा बैठक कोरोना महामारी नियन्त्रण, सम्भावित बाढी र डुबानको जोखिमका विषयमा केन्द्रित भएको छ । भर्चुअल (जुम) माध्यमबाट  आईतबार आयोजित बैठक अन्तरदेशीय अपराध नियन्त्रणमा पनि केन्द्रित रहयो । कोरोना महामारी नियन्त्रणका लागि आपसी सहकार्य एवं साझा प्रयास आवश्यक रहेको निस्कर्ष निकाल्दै बैठकमा दुवै देशका सुरक्षा अधिकारीले एकअर्कामा सहयोग अदानप्रदान गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । कोरोनाका कारण निम्तिएको मानवीय संकट र त्यसको न्यूनीकरणका विषयमा पनि बैठकमा छलफल भएको सुरक्षा स्रोतले बतायो । बैठकमा नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • २६८ पटक पढिएको
  • बेलायतले कोरोना खोप सहयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

    विराटनगर -  आफ्ना बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोना खोप उपलब्ध गराउन  प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले दुई देश बीचमा ऐतिहासिक सम्बन्ध रहेकाले नेपाललाई खोप उपलब्ध गराउनु बेलायतको जिम्मेवारी भएको समेत उल्लेख गरेका छन् ।‘म बेलायत सरकार र विशेषगरी प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको अवस्था र हामीले भोगिरहेको समस्याबारे आश्वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ्, ‘बेलायतमा रहेका गोर्खा सैनिकहरुको योगदानका कारण बेलायतले कोभिड सहयोगमा नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।’प्रधानमन्त्री ओलीले नेपालले जनतालाई भ्याक्सिन लगाइदिएमा कोरोना नियन्

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • ३२४ पटक पढिएको
  • ‘भेरोसेल’ खोप जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने

    विराटनगर - चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप आउँदो जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाउने सरकारले जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइने छ । नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ ।चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप मंगलबार काठमाण्डौ आइपुगेको छ । एक लाख डोज बुधबार आइपुग्ने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनफिङले अनुदानमा खोप दिने घोषणा गरे

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • ३०५ पटक पढिएको
  • इराकसँग नेपाल ६–२ गोल अन्तरले पराजित

     विराटनगर  -घरेलु टिम इराकविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा नेपाल बलियो टिम इराकसँग ६–२ गोल अन्तरले पराजित भएको हो ।बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे ।कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक एक गोल थपे ।नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे ।खेलको सातौं मिनेटमा कप्तान खासिनले २५ यार्डबाट फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए ।तर, आठौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • ४६९ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल