विराटनगर-प्रदेश १ मा बिहिबार ६१९ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५८ हजार ४७७पुगेको छ ।

प्रदेश १ मा बिहिबार ३८३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२,उदयपुरमा १८,  धनकुटामा ७, इलाममा ४, पाँचथर, सोलुखुम्वु, संखुवासभा र भोजपुरमा२-२, खोटाङमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६४, सुन्दरहरैचामा २०, बुढीगंगामा ११,  बेलबारी र लेटाङमा ५-५, कटहरीमा ४, उर्लाबारी, पथरीशनिश्चरे र रतुवामाई ३-३,धनपालथान, मिक्लाजुङमा २, सुनबर्षी, केराबारी,ग्रामथान, रंगेली, कानेपोखरी र जहदामा १-१, सुनसरीको धरानमा ४७, इटहरीमा ४६, बराहक्षेत्रमा ९, दुहवीमा७, रामधुनी र स्थानीयतह नखुलेका ५-५, बर्जुमा ३, इनरुवामा २, झापाको विर्तामोडमा १९, दमकमा १६, मेचीनगरमा ११, अर्जुनधारामा १०, भद्रपुरमा ८, शिवसताक्षीमा ६, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा ३-३, नखुलेका २ र बार्‍हदशीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा १२, चौदण्डीगढीमा , उदयपुरगढीमा २ र स्थानीयतहनखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी, पाख्रिवास, शहिदभूमी र स्थानीयतहनखुलेका १-१, इलामको इलामनगरपालिकामा २, चुलाचुली र स्थानीयतहनखुलेका १-१, पाँचथरको फिदिम र स्थानीयतहनखुलेका १-१, सोलुखुम्वुको थुलुङ दुधकोशीमा २, संखुवासभाको सभापोखरी र धर्मदेवीमा १-१, भोजपुरमा२, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ६९ हजार ६०७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ९८३ रहेको छ । प्रदेश १ मा बिहिबार १ हजार २८० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २०१ म्हिलार १८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।