विराटनगर–बुढीगंगा गाउँपालिका–२ वाइपास रोडमा एक अर्ब रुपैयाँको लगानीमा अन्तर्राष्ट्रिय स्तरको औषधि उद्योग एलेक्सा लाइफसाइन्स दुई उद्योगी दिनेश ठाकुर र रञ्जित भगतले स्थापना गरेका छन् । यो उद्योग नेपालकै उच्चस्तरीय औषधि उत्पादन केन्द्र बन्ने लक्ष्य लिएर स्थापना गरिएको हो । यसले उत्पादन समेत सूरु गरेको छ । 

एभरेष्ट बैंकको वित्तीय सहयोगमा सञ्चालित यस उद्योगमा कुल लगानी एक अर्ब रुपैयाँ रहेको छ, जसमा बैंकले ६० करोड रुपैयाँ लगानी गरेको छ । उद्योगले जर्मन प्रविधिका अत्याधुनिक मेसिनहरू प्रयोग गरी गुणस्तरीय औषधि उत्पादन गर्ने योजना बनाएको छ ।

एलेक्सा लाइफसाइन्सले नेपाली बजारमा सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने लक्ष्य राखेको छ। यसले देशभर औषधिको आयात निर्भरता घटाउन मद्दत गर्नेछ भने दीर्घकालमा विदेशमा पनि औषधि निर्यात गर्ने योजना छ । उद्योग स्थापनाका लागि पाँच वर्षदेखि अध्ययन र योजना बनाइएको थियो ।

यस उद्योगले विराटनगरमा नै १५० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ। कम्पनीले दक्ष जनशक्ति, अत्याधुनिक प्रविधि र प्रभावकारी व्यवस्थापन प्रणाली अपनाएर अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप औषधि उत्पादन गर्ने दाबी गरेको छ ।

एलेक्साले नेपाली बजारमा गुणस्तरीय औषधि सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको ठाकुरले बताए । उनले स्वदेशी उत्पादन बढाइ औषधिको आयातमा कमी ल्याउने र दीर्घकालीन रुपमा औषधि निर्यात गर्दै मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउनु आफ्नो उद्देश्य रहेको उनले बताए । करीव पा“च बर्षदेखिको अध्ययन पश्चात औषधि उद्योग स्थापना गरिएको ठाकुरले बताए ।

उद्योग स्थापना पूर्णरूपमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप रहेको जनाइएको छ । औषधि उद्योगले विराटनगरमा तत्कालै १५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने जनाइएको छ । दक्ष जनशक्ति, अत्याधुनिक प्रविधि र प्रभावकारी व्यवस्थापन प्रणाली प्रयोग गरेर उच्चस्तरको औषधि उत्पादन गरिने दाबी गरिएको हो ।

उद्योगले पहिलो चरणमा एलभीपी १०० एमएलदेखि तीन हजार एमएलसम्म र दोस्रो चरणमा एसभीपी औषधि उत्पादन गरिनेछ । जसअन्तर्गत एक एमएलदेखि २० एमएलसम्मका औषधिहरू तयार पारिने जनाइएको छ । तेस्रो चरणमा भने आँखाको औषधि र कानको औषधि उत्पादन गरिने एलेक्साका लगानीकर्ता ठाकुरले बताए ।

उद्योगले नेपालमा एलभीपी क्षेत्रमै पहिलोपटक पूर्णरूपमा स्वदेशी उत्पादन गर्ने कम्पनी बन्ने दाबी गरिएको छ ।

कम्पनीले नेपालमा पहिलो पटक पूर्णरूपमा स्वदेशी एलभीपी उत्पादन गर्ने दावी गरेको छ। हाल नेपालको ६०% औषधि बजार विदेशी कम्पनीहरूको कब्जामा छ, तर एलेक्साको स्थापनाले यसलाई चुनौती दिने देखिन्छ।

एलेक्साले आगामी तीन वर्षभित्र नेपालको २०% औषधि बजार कब्जा गर्ने लक्ष्य राखेको छ । यसले निकट भविष्यमा विदेशी बजारमा पनि निर्यात गर्ने योजना बनाएको छ । चिकित्सकहरूले पनि यस उद्योगले नेपालको औद्योगिक र स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाएको बताएका छन् । यसले देशको आर्थिक विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा संचालकहरुले गरेका छन ।