विराटनगर-गत बर्ष भन्दा यो बर्ष चार हजार हेक्टर धान खेतीको क्षेत्रफल बढेपनि धानको उत्पादन भने प्रदेश १ मा घटेको छ । तवर्ष ३ लाख ३२ हजार हेक्टरमा धान रोपाई हुुँदा १३ लाख ११ हजार टन धान उत्पादन भएको थियो । यसपाली ३ लाख ३६ हजार हेक्टरमा धान रोपाई भएकोमा १२ लाख ८२ हजार टन मात्र उत्पादन भएको छ । यो गतवर्षको आधारमा २९ हजार टनले कम हो ।


धान पाक्ने समयमा परेको वेमौसमी वर्षाका कारण खेती बढेपनि यसपाली उत्पान घट्यो । प्रदेश कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले भने वेमौसमी वर्षाले प्रदेशमा करिव ५० हजार हेक्टरको पाकेको धान क्षतिग्रस्त भएको थियो । त्यसकै कारण उत्पादनमा ह्रास आयो । अनुकुल मौसमका कारण मन्त्रालयले यसवर्ष प्रदेश १ मा करिव एकलाख टन धान उत्पादन बढने अनुमान गरेको थियो । उप्रेतीले भने तर प्रदेशसका प्राय सवै जिल्लामा धान उत्पादन घट्यो ।


धानको उत्पादन घट्दै गएपछि जोगवनी नाकावाट धान र चामलको आयात हरेक वर्ष बढ्दो छ । चालु वर्षको पाँच महिनामा यो नाकावाट दुई अर्ब भन्दाबढी मूल्यको धान र चामल आयात भएको विराटनगर भन्सारको तथ्यांक छ ।


भन्सार अधिकृत अमित तिवारीका अनुसार साउनदेखि मंसिर सम्ममा जोगवनी नाकावाट १ अर्ब १२ करोड ७३ लाख ६६ हजार मूल्य वरावरको ४० हजार ६ सय ४१ टन धान र ८३ करोड ८३ लाख ८८ हजार मूल्य वरावरको १७ हजार ८ सय ३७ टन चामल आयात भएको छ ।


गतवर्ष भरीमा यो नाकावाट ३ अर्ब ५० करोड ३६ लाख ३२ हजार मूल्यको १ लाख १५ हजार २ सय ९४ टन धान र २ अर्ब ३४ करोड ३५ लाख ७७ हजार मूल्यको ५२ हजार ६ सय ८१ टन चामल आयात भएको तिवारीले वताए ।


प्रदेश १ मा धानको भकारी मानिएका तराईका जिल्ला उत्पादन घटदा समग्र प्रदेशको नक्शा विग्रिएको मन्त्रालयको बुझाई छ । झापा, मोर» र सुनसरीमा प्रधानमन्त्री एकीकृत कुर्षि परियोजना अन्र्तगत धान जोन कार्यक्रमपनि लागू गरिएको छ । झापामा गतवर्ष ८५ हजार ७ सय ५० हेक्टरमा धान रोपाई हुँदा ४ लाख १५ हजार ६ सय २५ टन धान उत्पादन भएको थियो । यसपाली करिव दुई हजार हेक्टर वढी ८७ हजार ५ हेक्टरमा रापाई गर्दा ४ लााख २३ हजार टनमात्र उत्पादन भएको छ ।


मोरङमा पनि गतवर्षको भन्दा दुई हजार हेक्टर बढी क्ष्ँेत्रफलमा धान रोपाई हुँदा गतवर्षको भन्दा ११ हजार टन धान उत्पादन घटेको छ । मन्त्रालयका अनुसार मोरङमा गतवर्ष ८० हजार ८ सय हेक्टरमा रोपाई हुँदा ३ लाख ४९ हजार टन धान उत्पादन भएको थियो । यसपाली ८२ हजार ४ सय ६७ हेक्टरमा ३ लाख ३८ हजार टन धान उत्पादन भएको छ ।


सुनसरीमा पनि गतवर्षको भन्दा २३ हजार टन धान उत्पादन घटेको छ । गतवर्ष सुनसरीमा ५३ हजार ९ सय हेक्टरमा २ लाख ३० हजार टन धान उत्पादन हुँदा यसपाली त्यती नै क्षेत्रफलमा २ लाख ७ हजार टन धान उत्पादन भएको प्रदेश कृर्षि मन्त्रालयको तथ्याङक छ । 


मन्त्रालयका अनुसार प्रदेशका उच्च हिमाली र पहाडी जिल्लामा पनि धान उत्पादन घटेको छ । ताप्लेजुङको ८ हजार ७ सय हेक्टरमा २१ हजार ४ सय टन, संखुवासभामा १३ हजार ८ सय हेक्टरमा ३६ हजार टन, सोलुखुम्बुमा १ हजार ५ हेक्टरमा ३ हजार ५ सय टन, पाँचथरको ९ हजार २ सय हेक्टरमा २१ हजार ६ सय टन, इलामको १४ हजार ८ सय हेक्टरमा ४८ हजार टन, तेह्रथुमको ९ हजार ६ सय हेक्टरमा २० हजार ८ सय टन, धनकुटाको ७ हजार ३ सय हेक्टरमा २३ हजार टन, भोजपुरको १६ हजार ४ सय हेक्टरमा ४६ हजार ६ सय टन, खोटाङको १२ हजार ९ सय हेक्टरमा २५ हजार टन, ओखलढुङगाको ४ हजार ४ सय हेक्टरमा १२ हजार ८ सय टन र उदयपुरको १३ हजार ३ सय हेक्टरमा ५५ हजार ५ सय टन धान उत्पादन भएको छ ।