विराटनगर-ढाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबंगलादेशको निमन्त्रणामा उद्योग ब्यापारमा अपसी लगानीका अवसरहरु वृद्धि गराउने उद्येश्यले आवश्यक छलफल र सहकार्य गर्न नेपाल उद्योग परिसंघ उच्च पदाधिकारी सहित १३ उद्योगिहरुको टोलि सोमबार बंगलादेशको ढाका तर्फ प्रस्थान  गरेको छ । 

नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष बिष्णुकुमार अग्रवालको नेतृत्वमा प्रस्थान गरेको टोलीमा परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा, बरिष्ठ उपाध्यक्षहरु कृष्ण प्रसाद अधिकारी, बिरेन्द्रराज पाण्डे, निर्वाण चौधरी, नेपाल उद्योग परिसंघ प्रदेश नं १ का अध्यक्ष भीम घिमिरे तथा परिसंघका संयोजक द्विराज शर्मा सिवाकोटी, लक्ष्मीप्रसाद सुबेदी, आशिष गर्ग, राजु पौड्याल, महानिर्देशक यादब प्रसाद पौड्याल, सबिन मिश्र, अभिजित सुबेदी  लगायत १३ जना को सहभागीता छ । 

 प्रतिनिधि मण्डल ले ढाकामा भ्रमणको क्रममा नेपाल र बंगलादेश को आपशी हितमा उद्योग  र ब्यापारमा लगानी, बजार बिस्तार, उर्जा को ब्यापार का बिषयमा आपशी छलफल का साथै दुइ पक्षिय हितमा गरिने ब्यापार र लगानी सम्बन्धि बिषयमा आपसी समझदारी पत्रमा हस्ताक्षर समेत हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा बंगलादेश सरकारका बाणिज्य सचिव तपन कान्ति घोष, नेपाली राजदुताबासका प्रतिनिधि श्रीकुमार राइको समेत उपस्थिति मा हुने कार्यक्रम रहेको छ । 

ढाका भ्रमणको क्रममा नेपाल र बंगलादेश दुइ देश बीचमा द्यगकष्लभकक ल्भतधयचपष्लन शुभारम्भ गरिने  समेत  कार्यक्रम रहेको प्रदेश १ का अध्यक्ष भिम घिमिरेले जानकारी दिए । प्रतिनिधि  मण्डलले  बंगलादेशमा रहदा त्यहाका बंगलादेशका जलस्रोत तथा उर्जा मंत्री नाशुरुल हमिद, बंगलादेशकी  प्रधानमन्त्री का उद्योग तथा लगानी एवं आर्थिक सलाहकार एवम ःए सलमान फज्लुर रहमानका साथै  उद्योगि ब्यापारी  र सरकारका उच्च पदाधिकारीहरु संग भेट वार्ता र छलफल समेत गर्ने छ । चार दिनको यस भ्रमणको क्रममा भ्रमण टोलीले बंगलादेशमा संचालनमा रहेका ठुला केहि उद्योगहरुको  अवलोकन समेत गरेर आगामी ज्ञट म्भअझदभच, ( पौष १ गते) नेपाल फर्कने छ ।