विगत २४ घण्टामा देशभर एक हजार दुई सय ९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो समयमा देशभर नौ हजार दुई सय ६८ जनाको नमुना परीक्षण भएको छ । 

 मन्त्रालका अनुसार ६ हजार सात सय ५३ नमुना पिसिआर परीक्षण गर्दा एक हजार २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, तीन हजार एक सय २२ एन्टिजेन परीक्षण गर्दा दुई सय ४४ जनालाई कोरोना पुष्टि भएको हो । 

यस्तै, पछिल्लो २४ घण्टामा दुई हजार एक सय ९५ जना कोरोनाबाट मुक्त भएका छन् । सो समयमा नौ जनाको कोरोनाका कारण मृत्यु भएसँगै जम्मा मृत्यु हुनेको सङ्ख्या १० हजार आठ सय १८ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३१ हजार आठ सय २६ रहेको छ ।