विराटनगर - कलाकारहरुले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानरपालिकामा निवेदन दिएका छन् ।


कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाईकर्मीको सम्मानका लागि रत्नपार्क स्थित आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटेपछि कलाकारहरुले चित्र कोर्न पाउनुपर्ने माग गर्दे महानगरलाई निवेदन दिएका हुन् ।

  दुजाङ्ग शेर्पा नेतृत्वको कलाकारको टोलीले आइृतबार काठमाडौं महानगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीमार्फत् मेयरलाई निवेदन दिएका हुन् । शेर्पा नेतृत्वको कलाकार टोलीले काठमाडौं महानगरपालिका वडा नं. २८ को अनुमति लिई सो ठाउँमा चित्र बनाएको दाबी गरेको छ ।  तर महानगरपालिकाले स्वच्छ सफा सहर निर्माणको परिकल्पना अनुसार शहरको सौन्र्दयमा आँच पुगेको भन्दै सो चित्र मेटाएको थियो ।  

कलाकारहरुको निवेदन बुझ्दै काठमाडौं महानगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत ज्ञवालीले महानगरपालिका भित्रको महत्वपूर्ण ठाउँहरुमा कुनैपनि काम गर्दाखेरी महानगरपालिकाबाट स्वीकृति र सहमति लिनुपर्ने बताए । उनले वडा कार्यालयसँग सहमति लिनु अघि महानगरपालिकालाई सोधेको भए समस्या नआउने बताए ।