विराटनगर–स्थानीय उत्पादन र रैथाने कला संस्कृतीको प्रवर्दन गर्ने उधश्यले मोरङको लक्ष्मीमार्गमा सोमवारदेखि सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरुभएको छ ।

डाँगीहाट युथ क्लबको आयोजनामा सुरुभएको दुईसाता लामो लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवको प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरे । महोत्सव उद्घाटनका क्रममा विभिन्न जात जातीको पहिचान झल्कीने सांस्कृतीक झाँँकी प्रर्दशन गरिएको थियो ।

महोत्सवमा १५ वटा प्रदर्शनी स्टल राखिएको छ । महोत्सवको दिउँसो दिउसो अवलोकन गर्नेलाई निशूल्क प्रवेशको व्यवस्था गरिएको र साँझ हुने साँस्कृतिक कार्यक्रमकालागि टिकटको व्यवस्था गरिएको आयोजक समितीका स्टल संयोजक रोशन श्रेष्ठले वताए ।

स्थानीय कलाकारको प्रतिभा प्रस्फुटनको वातावरण बनाउन, स्थानीय जातिको पहिरन र खानपानको विशेषता चिनाउन तथा स्थानीय व्यवसाय र उद्योगको प्रवद्र्धन गर्न महोत्सवले सहयोग पुग्ने ओयोजक समितीका सचिव शम्भु बस्नेतले बताए । 

महोत्वसमा ४१ लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक शिवकुमार राईले बताए । महोत्सवमा राजेश पायल राई, मेलिना राई, एलिना चौहान, रचना रिमाल, सबिन राई लगायतका कलाकारले सांगीतीक कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।