विराटनगर–मोरङको क्षेत्र नं ३ बाट निर्वाचितप्रतिनिधि सभा सदस्य डा=सुनिलशर्माको जबरजस्तपहल र दवावका कारण गोठगाउँस्थित पूर्वाञ्चलविश्वविद्यालयले अस्पताल सेवाविस्तार गरेको छ । विश्वविद्यालय परिसरमामंगलबार कार्यक्रम गरेर अस्पतालको सेवाबिस्तार सुभारम्भ गरिएको हो ।

कार्यक्रममाकांग्रेस नेताएवं सांसद डा.शेखर कोइराला, सांसद डा.शर्मा, सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाईँलगायतले गमलामापानीहालेर संयुक्त रुपमा अस्पताल सेवाविस्तारको सुभारम्भ गरेका हुन् । पूर्वाञ्चलविश्वविद्यालयले यसअघि अस्पताल सेवा सञ्चालन गरेको भएपनिव्यवस्थितथिएन । अस्पतालले आंशिक रुपमामात्र सेवादिदै आएको थियो ।

डाक्टर बस्ने टुंगो नहुँदाविरामीहरुले उपचारनपाएको गुनासो गर्दै आएकाथिए ।तर, अब दैनिक ८ घण्टा अनिवार्य रुपमा अस्पताल सञ्चालनगर्ने गरी अस्पताल सेवाविस्तार गरिएको हो । जाडो सिजनमाबिहान १० देखि ४ र वाँकी समय बिहान ९ देखि ५ बजेसम्म अब अस्पताल खुल्नेछ ।पहिले आंशिक रुपमामात्र बस्दै आएका डाक्टरहरु अब अनिवार्य रुपमादैनिक ८ घण्टा अस्पतालमा बस्नेछन् ।

अस्पतालको सेवाविस्तार गर्दै त्यहाँ मेडिकल कलेज सञ्चालन गराउँनसांसद डा.शर्माले जवरजस्तपहलगरिरहेका छन् । पूर्वाञ्चलविश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनगर्ने बिषयलाई चुनावीएजेण्डानै बनाएर आएका सांसद शर्मानिर्वाचितभएदेखिनै यो बिषयमालागिपरिरहेका छन् । डा.शेखर कोइरालालगायतले उनलाई साथदिइरहेका छन् । 

पहिलो चरणमा माघबाट सेवाविस्तार गर्ने उनले यसअघि नै घोषणा गरेका थिए, सोहीबमोजिम सेवाविस्तार गरिएको हो । अब, दोस्रो चरणमा २४ सै घण्टा अस्पताल चलाउँने र तेस्रो चरणमा आगामी शैक्षिक सत्रदेखि नै मेडिकल कलेज सञ्चालनगर्ने डा.शर्माको योजना छ । पूर्णकालिन अस्पतालसहित मेडिकल कलेज सञ्चालनहुँदा सो क्षेत्रबासीलाई धेरै फाइदापुग्ने भएकाले जसरी पनि मेडिकल कलेज सञ्चालनगर्नेगरी लागिपरेको सांसद शर्मा बताउँछन् ।

तर, यो अभियानअसफलपार्न जिम्मेवार व्यक्तिहरुनै लागिपरेको उनको आशंका छ ।मन्तब्यका क्रममा पनिउनले यो बिषय खुलाएका छन् । तोकिएको समयमै अस्पताल सञ्चालनकालागि आग्रह गर्दा नलागेपछि विश्वविद्यालय व्यवस्थापनका पदाधिकारीहरुसँग हात हालाहालबाहेक सबै ढंगको झगडा भएको र अन्ततः कुरा मिलेर यो अवस्थासम्म आइपुगेको उनले खुलासा गरे । ‘जति सजिलो ढंगले बाहिर बुझिएको छ, त्यत्ती सजिलो गरी हामी यहाँसम्म आइपुगेका छैनौं,’ सांसद शर्माले भने, ‘अस्पताललाई पूर्णकालिन बनाएर मेडिकल कलेज चलाउँन एक्लैको पहलले मात्र सम्भव छैन, सबै जना जुट्यौं भने सम्भव छ, सबै लागि परौं ।’

यसअघि पनिउनले मेडिकल कलेज सञ्चालनगर्न असहयोग गरिएमा अस्पताल अगाडि टेन्ट टाँगेर धर्नामा बस्ने चेतावनीसमेत दिएकाथिए । उनले अस्पताल व्यवस्थापन र कर्मचारीहरुलाई पनि बेग्ला बेग्लै छलफल गरेर मेडिकल कलेज सञ्चालनकालागि सहयोग गर्न आग्रह गरेका थिए । यसको जस आफुलाई नचाहिएको दावीगर्दै आएकाउनले अन्य राजनीतिकदललाई पनि सहयोगकालागिअपिलगर्दै आएका छन् ।