विराटनगर–प्रदेश १ लगायतका प्रदेशहरुमा बन्ने सरकार सानो र छरितो हुनु पर्ने धारणा ब्यक्त गर्दै मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले यदि जम्बो मन्त्री मण्डल सहितको सरकार बने त्यसले जनताले तिरेको करको दुरुपयोग हुने र विकास खर्च कटौती गरि चालुखर्च बढाउनु पर्ने अवस्था आउने भएकाले छरितो र सानो मन्त्री मण्डल सहितको सरकार बनाउन दलहरुलाई आग्रह गरेका छन । 

उनले अहिले विकास खर्च नभइरहेको अवस्था र बैंकको ब्याज दोहोरो अंकले आकाशिएको बेला सरकारले चालु खर्च घटाएर पूँजीगत खर्च बढाउनु पर्ने अवस्था रहेको छ । तर दलहरुले आफ्नालाई फाइदाका लागिमात्र बढी मन्त्रालय राखेर मन्त्री र राज्य मन्त्री थप्ने काम गरेभने प्रदेश सरकार विरुद्धमा निजी क्षेत्र सडकमा उत्रन सक्ने चेतावनी रिजालले दिए । उनले भने‘जनताले विकासका लागि जिताएर पठाएको हो नेतालाई तर विकास गर्ने पैसाले मन्त्रीको तलब र भत्तामात्रै बाढ्ने हो भने यस्तो सरकारको काम छैन, संघियताको पनि काम छैन ।’

पछिल्लो समय केन्द्रिय र प्रदेश सरकारहरुको विकास खर्च हुन नसकेको कारण बजार उद्योगहरु चलायमान हुन नसकेको बताउदै रिजालले सरकारले बजारमा पैसा पठाउन पनि विकास खर्च बढी गर्नु पर्छ । विकासले जनतालाई सहजपनि हुन्छ भने बजारमा तरलताको अभाव हुन समेत दिदैन ।