विराटनगर–विराटनगर नाकामा अवैध गतिविधि र कारोबार रोक्नका लागि भन्सारका अलावा नेपाल प्रहरी र शसस्त्र प्रहरीका जवान २४ घण्टा तैनाथ रहन्छन । उनीहरुको काम भनेको खुला सीमाको फाइदा उठाउदै कसैले भन्सार छलेर सामान नेपाल भित्र्याउन नपाओस । 


तर शुक्रबारको दृष्य भने फरक थियो । भन्सारका कर्मचारीले खुलेआम हुदै गरेको तस्करी रोक्न प्रयास गरेपनि भन्सारको ३ नम्बर गेटमा रहेको प्रहरी चौकीका कुनै प्रहरीले सहयोग गरेनन् । यति मात्रै होइन सीमामा तैनाथ शसस्त्र प्रहरीले पनि भन्सार कर्मचारीलाई सहियोग गरेनन् । जस्को कारण तस्करीको प्रयास सफल भयो । भन्सार नतिरि माल भित्रियो । 


शुक्रवार राती विराटनगर भन्सारका ६ अधिकृत र तिन कार्यालय सहयोगी तस्करीको सुचना आएपछि गस्तीमा निस्किए । त्यसैक्रमा पुरानो भन्सारको गेट नं ३ मा रहेको प्रहरी वीट अगाडी राती साढे १० बजे तस्करले ठुलो परिमाणमा कपडा प्याक गर्दै विराटनगर भित्रयाउदै गरेको दृश्य देखे ।

उनीहरु त्यहा पुगेर तस्करीमा संलग्नलाई घेरा हालेर चारजनालाई नियन्त्रणमा लिए । उनीहरुलाई नियन्त्रणमा लिएपछि प्रहरी टोली पनि पुग्यो । भन्सारका सूचना अधिकृत रामचन्द्र ढुंगनाले भने प्रहरी पुग्ने वित्तिकै ५० जना भन्दाबढी तस्कर आएर नियन्त्रणमा लिएका चारजना सहित लत्तँ कपडा पनि लिएर भागे । उनले भने तर प्रहरीले उनीहरु प्रति सामान्य प्रतिकार समेत गरेन ।

यो घटनाको सिसि टिभी फुटेज भन्सारसंग सुरक्षित छ । ढुंगानाले भने भन्सार अधिकृत तस्कर समाउछन तर प्रहरीको उपस्थितीमा उनीहरु लाखौको समान सहित भाग्न सफल हुँदा प्रहरीले सामान्य प्रतिकार समेत नगर्नु रहस्यमय छ ।


गस्तीमा भन्सार अधिकृत प्रेम सुवेदी, रमेश शाह, अंकीत शर्मा, नवकुल शमा र जगदिन पूर्वे सहित नौ जना निशस्त्र कर्मचमारी खटिएका थिए । उनले भने उनीहरु सवैलाई लछार पछार गर्दै तस्कर भागे निशस्त्र भन्सार कर्मचारी हेरेका हेरै भए ।


घटना स्वीकार्दै इलाका प्रहरी रानीका प्रहरी निरीक्षक महेन्द्र दर्लामीले भने अबैध करोवार गर्ने समुह र भन्सार अधिकारी वीच जम्का भेट भएको र त्यसक्रममा तस्करहरु भन्सार कर्मचारीलाई लछार पछार गर्दै भाग्न सफल भएको पाइयो । प्रहरी घटना स्थल पुग्दा तस्कर भागी सकेका थिए । उनले भने प्रहरी घटना स्थल पुग्दा भन्सारका कर्मचारी सुरक्ष्ाँकालागि सीमा प्रहरी ठानामा पुगेका थिए । 

पुरानो भन्सारको गेट नं ३ मा जनपद र सशस्त्र प्रहरीको चेक पोष्ट छ । पोष्टकै पूर्व उत्तरमा इप्रका रानी र पश्चिम उत्तरमा सीमा प्रहरी चौकी छ । सीमा प्रहरी चौकीदेखि उत्तरमा क्रमश सशस्त्र सीमा सुरक्ष्ाँ बल र प्रदेश १ प्रहरी प्रमुख सहित दंगा नियन्त्रण प्रहरीको मुख्यालय छ ।


भन्सार स्रोतले भन्यो प्रहरीका तिनै निकायको गेटवाट हरेक रात संगठीत रुपमा तस्करी भइरहन्छ तर प्रहरीले देखेपनि नदेखे झै हुँदै आएको छ । भन्सार कर्मचारीलाई तस्करी भइरहेको सुचना आउछ । भन्सार स्रोतले भन्यो, प्रहरीको सहयोग माग्दा प्रहरीले उल्टै तस्करलाई सूचना दिएर भगाउँछ । निशस्त्र कर्मचारी तस्करीका सामान पक्राउ गर्न जाँदा तस्रकले उल्टे लछार पछार पार्दै भाग्छन । स्रोतले भन्यो कर्मचारीलाई तस्करी नियन्त्रण गरेर भन्सार राजश्व असुलीमा बृद्धि गर्न भन्दापनि तस्करवाट ज्यान जोगाउनै सकस हुन थालेको छ ।

सरकारले आयातलाई निरुत्साहित गर्न विभिन्न सामानको आयातमा बन्देज लाग्नु र बन्देज नलागेका सामान पनि चोरी तस्करी मार्फत भित्रिदा प्रदेश १ को मुख्य भन्सार कार्यालय विराटनगरको राजश्व असुली उल्लेख्य घटेको छ ।


चालु वर्षको पहिलो चौमाशिक कालमा विराटनगर भन्सारको राजश्व असुली लक्ष्य भन्दा झण्डै ३६ प्रतिशतले न्यून छ । यो भन्सारले साउनदेखि कात्तिक सम्ममा १८ अर्ब २४ करोड राजश्व असुली गर्ने लक्ष्य राख्दा ११ अर्ब ७८ करोड रुपैया मात्र असुली भएको प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले वताए । 


यो कार्यालयले चालु वर्षको साउनमा ३ अर्ब ६४ करोड असुली लक्ष्य राख्दा २ अर्ब ९५ करोड, भदौमा ४ अर्ब ७६ करोड लक्ष्यमा ३ अर्ब ९१ करोड, असोजमा ५ अर्ब ५ करोड लक्ष्यमा २ अर्ब ७८ करोड र कात्तिकमा ४ अर्ब ७७ करोड असुली लक्ष्य राख्दा २ अर्ब ९३ करोड मात्र असुली भएको छ ।


यो भन्सारले गतवर्ष ४९ अर्ब ६५ करोड ९५ लाख राजश्व असुली गर्ने लक्ष्य राख्दा ४० अर्ब ४२ करोड ७७ लाख मात्र असुली गरेको थियो । अघिल्लो वर्ष ४६ अर्ब १४ करोड लक्ष्यमा ४० अर्ब ८१ करोड असुली भएको थियो । चलु वर्ष ६० अर्ब ३ करोड असुली लक्ष्य छ ।

यसैवीच विराटनगर भन्सारले शनिवार विज्ञप्ती जारी गर्दै तस्करले भन्सार कर्मचारी गस्तीमाथि ढुङगामुढा गर्दै अवैध सामान र नियन्त्रणमा रहेका तस्करलाई फुत्काएको उल्लेख गरेको छ ।