रंगेली–मोरङको सुनवर्षी नगरपालिकामा माओवादी वाट मेयरको उम्मेदवार बनेकी अमिता श्रीवास्तव यादव नेपाली  कांग्रेस प्रवेश गरेकी छन् । उनले  नेपाली कांग्रेस बाट मेयरको उम्मेदवार बनेका यज्ञराज कार्कीलाई समर्थन गर्दै कांग्रेस प्रवेश गरेकी हुन् । बुधबार सुनवर्सी-९ स्थित डाइनियामा रहेको वी.पी सेवाकेन्द्रमा आयोजित एक कार्यक्रमका वीच यादवलाई कांग्रेसका केन्द्रीय सदस्य तथा बरिष्ठ नेता शेखर कोइराला, पूर्व रक्षामन्त्री  तथा संघीय सांसद मिनेन्द्र रिजाल,राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी लगायतका नेताहरुले  खादा, माला र अबिर लगाएर स्वागत गरेका थिए । नेतृ श्रीवास्तव यादव सहित १८  जना मानिस कांग्रेस प्रवेश गरेका छन् ।यादव माओवादीको महिला नगर  समन्वय अध्यक्ष तथा त्यस क्षेत्रकी प्रभावशाली नेतृकारुपा परिचित छिन् । उनले माओवादीबाट बाग्गी उम्मेदारी दिएकी थिइन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे । यस्तै पूर्व रक्षामन्त्री तथा संघीय सांसद मिनेन्द्र रिजालले क्षेत्रगतरुपमा बलियो बन्न पनि कांग्रेसका उम्मेदवारहरुलाई  जिताउन आबश्यक रहेको औल्याए । यस्तै राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गुट उपगुट तथा व्यक्ति नहेर्न र सिंगो कांग्रेसलाई जिताउन आग्रह गरे ।