विराटनगर-मुलुकको आर्थिक नीति निर्दयी बन्दै जाँदा विनियोजित बजेटको बढी हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुँदा मुलुकमा आर्थिक तरलता बढेको यहाँका अर्थ विज्ञहरुको विश्लेषण छ । मोरङ व्यापार संघको युवा उद्यम समितिले आयोजना गरेको अर्थ व्यापार संवादमा उनीहरुले देशको जनशक्ति विदेश पलायन हुनुमा सरकार नै उद्धत भएको आरोप लगाउदै जनशक्तिको अभावमा उत्पादनमा परेको असरले पनि तरलता निम्त्याएको औल्याए ।


अर्थशास्त्री प्राडा पिके झाले मुलुकको आर्थिक नीति निर्दयी भएकै कारण अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा आर्थिक जटिलता बढेको उल्लेख गर्दै उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुको विकल्प नरहेको वताए । राष्ट्र बैंक पनि बजारमा तरलता अभावमा दोषी रहेको भन्दै बैंकले तरलता अभावको जवाफ देहिता लिनुपर्ने झाको भनाई थियो । राष्ट्र्र बैंक उद्योगी व्यवसायीभन्दा वाणिज्य बंैकका मनामानी कारोवारलाई संरक्षण दिनमा उद्यत रहेकाले तरलता अभावको सृजना भएको उल्लेख गर्दै झाले भने स्वदेशी प्रविधिलाई प्राथमिकता दिएर कच्चा पदार्थको नाममा विदेशिने पुँजीलाई मुलुकमा नै चलायमान बनाउनु पर्ने वताए ।


दिगो विकासको मेरुदण्ड नै उद्यमशीलता रहेको भन्दै नयाँ प्रविधिको प्रयोग गर्दै उद्यामशीलतालाई संस्थागतगर्नु पर्ने उनको तर्क थियो । फुस्रो नारा लगाएर मात्र बजेट वास्तविक ठाउँमा कार्यान्वयन हुन नसक्ने भन्दै झाले जेका लागि बजेटको घोषणा भएको हो त्यसैमा बजेटको अक्षरस कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । उद्योग, व्यापार र व्यसाय क्षेत्र कुन र कस्तो संकटग्रस्त ठाउँमा उभिएको छ भन्ने बारेमा सरकार जानकार नरहेको उल्लेख गर्दै झाले भने ठुलाभन्दा साना उद्योगलाई प्राथमिकतामा राख्दा उद्यमशीलता स्थापीत हुने र त्यसले तरलता अभावलाई नियन्त्रण गर्न मद्यत गर्ने छ ।

देशको जनशक्ति विदेश पलायन हुनमा सरकार नै जिम्मेवार भएको उल्लेख गर्दै अर्का अर्थशास्त्री प्राडा भेषप्रसाद धमलाले जनशक्तिको अभावमा उत्पादनमा असर पर्दा तरलता बढेको औल्याए । उनले बैंकको ब्याजदर बृद्धि हुँदा उत्पादनमा समेत असर गरेको उल्लेख गर्दै अर्थतन्त्रलाई चलायमान वनाउन करका दायरालाई कटौती गर्दै नयाँ शिर्षकमा कर संकलन गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्ने औैल्याए ।


आधाभन्दा बढी जनसंख्या कृषिमा आधारित रहेकोले कृषिजन्य उत्पादन र उत्पादकत्वलाई राज्यले पहिलो प्राथमिकतामा राख्नु पर्ने उल्लेख गर्दै धमलाले मुलुककालागि आवश्यक पर्र्ने जनशक्तिलाई दक्ष बनाएर वस्तु र सेवाको प्रवाहलाई वृद्धि गर्नुपर्नेमा जोड दिए । देशको अर्थतन्त्रलाई आयातमुखी नबनाई स्वदेशमा उत्पादन भएका वस्तुलाई निर्यात जन्य वनाएर राजश्व वृद्धि गरिनु पर्ने धमलाको सुझाव थियो ।

 

स्वदेशी रकम स्वदेशमै परिचालन गर्न स्थानीय कच्चा पदार्थलाई प्रयोग गर्ने उद्योग स्थापनालाई प्राथामिकता दिनुपर्ने अर्का अर्थशास्त्री प्राडा वेदराज आचार्यको सुझाव थियो । निणर्ायकहरु कमजोर भएको र हित अनुसारको निणर्य लिनुपर्नेमा स्वार्थ अनुकुलको निणर्य गर्दा समस्या उत्पन्न भएको आचार्यको आरोप थियो । अर्थतन्त्रको समस्यालाई तत्काल, मध्यकाल र दीर्घकालीन रुपमा समाधानका उपाएहरु पहिल्याउनु पर्ने औल्याउदै आचार्यले दीर्घकालमा हेर्ने हो भने मुलुकको अर्थतन्त्रको प्रमुख समस्या नै उत्पादन र उत्पादकत्व कमजोर हुनु हो भने । निजी क्षेत्रको आर्थिक अवस्था र समस्याका वारेमा सरकारलाई अवगत गराउने उधेश्यले युवा उद्यमी समितिले अर्थ व्यापार संवादको सुरुवात गरेको समितिका अध्यक्ष ओम शर्माले वताए ।