विराटनगर- फुजिमा आयल कम्पनी प्रा.लिले स्तनक्यान्सर परिक्षण र स्तनक्यान्सर भएका महिलाको निशुल्क उपचारका लागि उपचारकोषको थालनी गरेको छ । नारी दिवशको अवसरमा कम्पनीले बार्षिक ३५ लाख बरबरको रकम जम्मा हुनेगरि स्तन क्यान्सरको उपचार कोष संचालनको घोषणा गरेको हो । 

नारी दिवशको अवसरमा उद्योग र स्थानिय हात्तिमुढाका ५० जना महिलाहरुको विराट मेडिकल अस्पतालमा निशुल्क स्तन क्यान्सरको परिक्षण गराएको छ । फुजिमाले महिलाहरुलाई अस्पताल सम्म ल्याउने र लाने समेत निशुल्क गरेको थियो । 

फुजिमा आयलका प्रवन्ध निर्देशक सुवोध कोइरालाले नारी दिवशको अवसर पारेर आफुहरुले अब बर्ष भरि नै मुलुकका विभिन्न स्थानहरुका महिलाको निशुल्क स्तन क्यान्सरको परिक्षण गर्ने जानकारी दिए । उनले शुभारम्भमा आफ्नो उद्योग रहेको बुढीगंगा गाउँ पालिकाबाट यसको शुभारम्भ गरेपनि मुलुकका सात वटै प्रदेशमा यो कार्यक्रम लागु गर्ने बताए । 

‘रोग लागेर उपचार गर्नु भन्दा लाग्न नदिन सचेत होऔं’भन्ने अभियान सुरु गरेको जानकारी दिदै उनले आफ्नो उद्योगमा कार्यरत एक कर्मचारीकी श्रीमतिको स्तन क्यान्सरको कारण मृत्यू भएपछि यसको सचेतना र उपचारका लागि आफुले उद्योगको उत्पादन कन्ट्रोल लुब्रिकेन्टको विक्रीबाट प्रति लिटर १ रुपैयाँ बचत गरि त्यसबाट नै स्तन क्यान्सरको निशुल्क परिक्षण र क्यासर लागेकाहरुको निशुल्क उपचार गरिदिने बताए । उनले प्रति लिटर एक रुपैयाँ बचत गर्दा स्तन क्यान्सर उपचारकोषमा बार्षिक रुपमा लगभग ३५ लाख रुपैयाँ जम्मा हुने जानकारी दिए ।   

नेपालमा महिलाहरुमा फोक्सो, पाठेघर पछि स्तनको क्यान्सरको खतरा ३० देखी ६० बर्ष विचका महिलाहरुमा बढी देखिएको छ । स्तन क्यान्सरको स्क्रिनिङ बर्षमा एक पटक मात्र गरेपनि आफ्नो स्वास्थ्यको अवस्थाको बारेमा महिलाहरुले जानकारी पाउने भएपनि कार्यब्यस्तता, पारिवारिक जिम्मेवारी, अस्पतालसम्मको पहँुचको अभाव र अन्य कारण परिक्षण नै नगराउने र समस्या आएपछि मात्र अस्पताल जाने प्रबृतिले समाजका महिलाहरुमा स्तन क्यान्सरले नजानिदो पाराले जरा गडिरहेको उनले पत्रकार सम्मेलनमा बताए । 

न् २०२० को ग्लोबल क्यान्सर अब्जरभेटरीका अनुसार नेपालमा ९ दशमलव ६० प्रतिशत महिलामा क्यान्सर रोग पाइएको छ । सबै भन्दा बढी फोक्सोको त्यसपछि पाठेघर र तेश्रो नम्बरमा स्तनको क्यान्सरका विरामी रहेको तथ्यांकले देखाएको छ । त्यसैले समयमानै अस्पताल गएर परिक्षण गराउन हामीले महिला दिदी बहिनीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरेको बताउदै उनले यो कार्यक्रमलाई चाडै अन्य जिल्लामा समेत संचालन गरिने बताए । 

२०७८ साल जनगणना अनुसार नेपालको कुल जनसंख्याको ५१ द्यशमलव ५ प्रतिशत महिलाको जनसंख्या रहेको छ । जुन १ करोड ३६ लाख ४४ हजार ६ सय ६९ हो । त्यसमा पनि एक अध्ययनले ९ दशमलव ६० प्रतिशत अर्थात १३ लाख ९ हजार ८२४ जनामा क्यान्सर रहेको तथ्यांकले देखाएको छ