विराटनगर-चौधरी ग्रुपको सुनसरीको गढी गाउँ पालिकामा रहेको चाउचाउ उद्योगमा काम गर्ने ५५३ जना कर्मचारी, मजदुर र मजदुरका आफन्त समेतको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । 

सीजी फुड्स इन्डस्ट्रिज प्रालिको प्राङगणमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शुक्रबार सम्पन्न भएको स्वास्थ्य शिविरमा ५५३ जना विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । 

अस्पतालका प्रवन्धक नारायण दाहालको अनुसार शिविरमा १७७ जनाको रगत परिक्षण, ११३ जनाको भिडियो एक्सरे, ८७ जनाको इसीजी र ३१ जनाको दाँत फुकालिएको छ । नोवेल मेडिकल अस्पतालको सहयोगमा हुने हरेक शिविरमा ल्याब, इसीजी, भिडियो एक्सरे सहितको निशुल्क सेवा प्रदान गरिदै आएको उनले बताए । 

IMG_8651

चौधरी ग्रुपका इकाई प्रमुख राजीव सिंह राजपुतले उद्योगमा काम गर्ने मजदुर तथा कर्मचारीहरुको सामाजिक उत्तरदायित्व अन्तरगत आफुहरुले निशुल्क स्वास्थ्य परिक्षणको कार्यक्रम सुरु गरेको बताए । कतिपय मजदुरहरु आफ्नो शारिरिक अवस्था सामान्य नरहेको जानकारी पाउदा पाउदै पनि अस्पताल डरले अस्पताल नजाने भएकाले आफुहरुले उद्योग भित्रनै निशुल्क रुपमा स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको राजपुतले बताए । यस अघि आँखा शिविर गरिदै आएकोमा अहिले सबै परिक्षण गरिने व्यवस्था मिलाएको बताए ।

IMG_8634 

राजपुतका अनुसार महिला मजदुरहरु दिनभरि उद्योगमा पनि काम गर्ने र घरमा पनि उनिहरुले फेरि गएर काम गर्नु पर्ने भएकाले उपचार गर्न जाने समयको अभाव पनि हुने अनि उपचार गराउन जादा बा निको नहुने रोग पो देखाइदिन्छ की भनेर डराउने भएकाले हामीले शिविरमा बढी महिलाको उपचारमा ध्यान दिएका छौं र गाइनोको दुई जना डाक्टरको व्यवस्था गरेर स्वास्थ्य परिक्षण गरायौं । 

उद्योगका प्रशासन तथा मानव संशोधन विभाग प्रमुख उदयप्रकाश शाहका अनुसार उद्योगमा कार्यरत मजदुरहरु ओभरटाइम काम गर्ने भएकाले उनीहरुले स्वास्थ्य परिक्षण गर्न जाने समय नपाउने र कतिपयले समय पाएपनि किन स्वास्थ्य परिक्षण गर्ने भनेर आलटाल गर्ने भएकाले उद्योग भित्र नै स्वास्थ्य परिक्षण गराउदा सबैले यसको लाभ लिने भएकाले उद्योग हाता भित्रनै शिविर संचालन गरेको बताए । उनले अब प्रत्येक बर्ष यसरी नै उद्योगका मजदुर र कर्मचारीको लागि निशुल्क स्वास्थ्य शिविर संचालन गरिने बताए ।