विराटनगर-नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का युवा नेताहरुले विराटनगर महानगरपालिका वडा नम्बर ४ का गोकुल टोल र पुल चोकमा ३७ थान फाइवर सिरक जाडोमा कठाङ्ग्रीएका विपन्नलाई वितरण गरेका छन । नेपाली कांग्रेस जिल्ला सह सचिव संजय मण्डलको अगुवाइमा विराटनगर वडा नम्बर ४ को पुल चोक र गोकुल टोलमा विपन्नहरुलाई फाइवर सिरक वितरण गरिएको हो । कार्यक्रममा क्षेत्र नम्बर ६ का क्षेत्रीय सहसचिव केशव गिरी, क्षेत्र नम्बर ६ ‘क’ सचिव पिताम्बर दाहाल, क्षेत्र नम्बर ६ का पूर्व उपसभापति वीरेन्द्र प्रसाद यादव, गोकुल टोल विकास समिति अध्यक्ष अजित सिंह र क्षेत्रीय प्रतिनिधि नवराज पोखरेलले विपन्नलाई सिरक वितरण गरेका थिए ।

20220130_162929


20220130_163124 1
20220130_162817