विराटनगर-मारुती सिमेण्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका १४ अरुण ठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ । ककुरठाकुर भन्ने स्थान र आसपासका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुराउन एम्बुलेन्स प्रदान गरिएको हो ।

सोमबार दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा प्रालिका संञ्चालक तथा प्रदेश एकका मूख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउतले नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरे । एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै प्रालिका राउतले त्यस क्षेत्रका स्थानीयलाई विभिन्न क्षेत्रमा प्रालिले सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जाहेर गरे । मेयर राउतको सहकार्यमा एम्बुलेन्स प्रदान गर्न सहज भएको प्रालिका संञ्चालक राउतले बताए । 

एम्बुलेन्स ग्रहण गरी वडाअध्यक्ष लिलबहादुर थापा मगरलाई चाबी वडाको जिम्मा लगाउँदै मेयर राउतले अन्य ६ वडालाई नगरले नै एम्बुलेन्स दिएको भएपनि विकट १४ नम्बर वडालाई प्रालिले सहयोग गरेकोमा धन्यवाद दिए । यो महत्वपूणर् कार्यमा सहयोग पुर्‍याएकोमा मेयर राउतले प्रालिलाई धन्यवाद समेत दिए । 

सिमेण्टका लागि ककुरठाकुरबाट ओम शिवम मल्टिप्रपोजले चुनढुंगा ढुवानी गरिहेको छ । मारुती सिमेण्टका लागि प्रालिले ककुरठाकुरबाट १७ वर्षदेखि चुनढुंगा उत्खनन् गरीरहेको छ । त्यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत प्रालिले विभिन्न सहयोगहरु गरिरहेको छ ।

वडाध्यक्ष थापा मगरले प्रालिले पुर्वधार बिकास, बिद्युत लगायत तटबाँध लगाउनेदेखि स्थानीयलाई रोजगार दिने समेत गरिरहेको जानकारी दिए । हाल ३० स्थानीयले गाउँमै प्रालिबाट रोजगारी पाईरहेको पनि वडाध्यक्ष मगरले बताए । 

एम्बुलेन्सका लागि आवश्यक ईसिजी मोनिटर र अक्सिजन सिलिण्डर लगायतका एक लाखबढीको सहयोग प्रालिले पुन थप गर्ने प्रालिका संञ्चालक राउतले प्रतिवद्धता जनाएका छन । नेपाल सरकारबाट राजश्व छुटमा ल्याईएको एम्बुलेन्सले दुधौली नगरको विकट पहाडी वडा १४ का अलावा आसपासका स्थानीयले सेवा लिन पाउने भएका छन् ।