विराटनगर-जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी स्पोर्टिङ क्लब र नव प्रगतिशिल सेवा समाज विजयी भएका छन् । 


मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा नव प्रगतिशिल समाजले साइनो स्पोर्टिङ क्लबलाई ४-० गोलअन्तरमा पराजित गरेको छ । दोस्रो खेलमा उर्लाबारीले युनाइटेड स्पोर्टिङ क्लबलाई १-० गोलमा पराजितत गरेको छ ।

   

मंगलबारको पहिलो खेलमा नव प्रगतिशिलका रोशन राईले २२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । ४६ औं मिनेटमा डेनिम राईले गोल थपे । ६२ र ७६ औं मिनेटमा अंकित लिम्बूले गोल संख्या बढाए । ७९ औं मिनेटमा रोशन राईले गोल गर्दै टिमलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच रोशन राई घोषित भए । 

त्यसैगरी, दोस्रो खेलमा उर्लाबारीका संजय धिमालले ४८ औं मिनेटमा गरेको गोल निणर्य बन्यो । खेलको म्यान अफ द म्याच युनाइटेडका गोलरक्षक सुमन राय घोषित भए ।  


प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । पुस २४ गते सञ्चालन हुने प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको छ ।


प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेल सम्राट स्पोर्टिङ क्लब र बेलबारी फुटबल क्लब तथा दोस्रो खेल श्री हरैँचा स्पोर्टिङ क्लब र मोतीराम स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए ।