विराटनगर-महिना दिनको अन्तरमा विराटनगर-३ कन्चनबारीमा रहेको आर्या न्युरो अस्पताले दुइजना विरामीको जटिल प्रकारको सफलउपचार गरेर जीवनबचाउन सफलभएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका- ९ का ६० वर्षिय तेज नारयण चौधरीको टाउकोको‘लक्ड-इन-सिनड्रम’ अर्थात स्वाचालित मांसपेशीको पूणर् पक्षघात भएको जटिल प्रकारको सफलउपचार गरेर विरामीले नयाँ जीवन पाएका हुन् ।  

प्रेसरका विरामीपनि रहेका चौधरी महिनादिन अगाडी काम गर्ने क्रममा घरमा लडेपछि बेहोस भएका थिए ।  उनका परिवारले विराटनगर र धरानको विभिन्न अस्पताल पुर्‍याएका थिए । ‘विराटनगरका एक अस्पतालमा एक हप्ताजति उपचार गरिम । बुवाको होस आएन,’विरामी चौधरीको छोरी सुशिलाले भनिन्, ‘बुवासको होस नपाएपछि चिकित्सकले बुवाको उपचार सम्भव नहुने र घर लैजान सुझाब दिएका थिए । त्यसपछि माया मारेर हामीले बुवालाई घर लिएर गयौं । बेहोस हुनुभएको बुवाले हात चलाउन थालेपछि हस्पिटल लैजाने आफन्तमा सल्लाहभयो । त्यसपछि १ पुसमा आर्या न्यूरो हस्पिटलमा लिएर आएकाहौं ।’

आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले उपचार गरेपछि बुवाको स्वाथ्यअवस्था ठिक भएपछि हर्षिद मुद्रामा देखिएकी छोरी शुशिलाले बताइन् । ‘अहिले बुवामज्जासँगले बोल्न र हिडडुल गर्न सक्नुहुन्छ । १८ दिनको उपचारपछि सोमबार डिस्चार्ज भएको छ,’ उनले भनिन्, ‘बुवालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पुर्‍याउने प्रतिआभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बुवालाई बचाउनुभयो । बाँच्नुहुन्न जस्तो लागेको थियो । बुवाले नयाँजीवनपाउनुभयो ।’चौधरीको परिवार चिकित्सकहरुको टिमलाई नयाँजीवनदिएकोमा अनुग्रहितथिए ।


चौधरीको उपचारपछि  स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको डा. नेपालले बताए ।चौधरीकोउपचार गरिरहेका चिकित्सक डा. नेपालकाअनुसार अहिले स्वास्थ्यअवस्थाखतरामुक्त रहेकोले डिस्चार्जदिएको बताए । 

यसअघि पनिआर्या अस्पतालले सुनसरीको इनरुवा ३ की ३९ वर्षिय पुष्पालत्ता सुब्बाको टाउकोको जटिल उपचार गरेको थियो । उक्त अस्पतालमा उनको मस्तिकष्कको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । सुब्बा अचानक बेहोस भएर लडेको कारणले उनको मस्तिष्कमा रगत जमेको थियो ।बेहोस भएकी सुब्बालाई लिएर उनका परि वारले विराटनरको विभिन्न अस्पताल लिएर गए । तर, उपचार हुन सकेन ।

उपचार सम्भव नभएपछि सुब्बाको परिवारले घर लिएर गए । उनको परिवारका एक सदस्यचिकित्सक रहेका थिए । उनले अर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेपालसँग सल्लाह गरेपछि हस्पिटल मंसिरमा लिएर आए । विरामी आएपछि डा. नेपालले जोखिम लिएर उपचार प्रक्रिया अगाडी बढाए । यसो हेरे, बिरामीको अवस्था जटिल रहेको थियो । उनले सोचे्, ‘कसरी यतिकै छोड्नु ? मैले रिस्क लिएभने त पुप्पालत्ताले एउटा जीवन जोगाउन सकिन्छ । रिस्क नै नलिएभने त निश्चित छ एउटा जीवन सकिन्छ ।’

उनले बिरामी पक्षलाई बिरामीको अवस्थाका बारेमा ब्रिफिङ गरे पछि शल्यक्रिया सुरु गरे । सुब्बाको मस्तिष्कमा रगत जमेको कारणले डा. नेपालको टिमले सोही दिनउनको शल्यक्रिया गरेर जमेको रगत निकाले । ‘तीन घण्टा बढी समयलगाएर शल्यक्रिया सफलभयो,’ डा. नेपालले भने । उपचारपछि ठिक भएकाविरामी सुब्बाअहिले पनि अस्पतालमा फलोअपको लागिआउने गरेका छन् ।