विराटनगर-जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा श्री हरैँचा स्पोर्टिङ क्लब र मोतीराम स्पोर्टिङ क्लब विजयी भएका छन् । 


मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा हरैँचाले बेलबारी फुटबल क्लबलाई १-० गोलअन्तरमा पराजित गरेको छ । दोस्रो खेलमा टेकबहादुर लिम्बूलको ह्याट्रिक गोलका साथ मोतीरामले सम्राट स्पोर्टिङ क्लबलाई ३-० गोलमा पराजितत गरेको छ । सोमबारको पहिलो खेलमा हरैँचाका सनम धिमालले १० औं मिनेटमा गरेको गोल नै निणर्ायक बन्यो । खेलको म्यान अफ द म्याच हरैँचाका सुजन चौधरी घोषित भए ।

 

त्यसैगरी, दोस्रो खेलमा म्यान अफ द म्याच मोतीरामका लागि टेकबहादुर लिम्बूले ह्याट्रिक गोल गर्दै जिते निकालेका हुन् । उनले खेलको ११, ३४ र ५६ औं मिनेटमा टिमका लागि गोल गरे । 


प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । पुस २४ गते सञ्चालन हुने प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको छ ।


प्रतियोगिताअन्तर्गत मंगलबारको नव प्रगतिसिल सेवा समाज र साइनो स्पोर्टिङ तथा दोस्रो खेल युनाइटेड स्पोर्टिङ क्लब र उर्लाबारी स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए ।