विराटनगर-नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा निर्वाचित भएर सोमबार विराटनगर आइपुगेका मेयर भीम पराजुलीले कोभिड र बाढी पहिरोको कारण पहिलो कार्यकालमा काम गर्न नपाएकाले अब दोश्रो पटक मेयर भएर अधुराकाम गर्ने योजना बनाएको खुलाएका छन । 

पहिलो कार्यकालमा बाँकी रहेका महत्वपूणर् योजना मध्ये भेडियारीको महाभारतकालिन विराट राजाको दरबार निर्माण गर्ने उनले विमानस्थलमा संचालकर्मीसंग बताए । आफु केन्द्रिय सदस्यमा निर्वाचित भएपनि निर्वाचनमा पराजय भएका सबैलाई समेटेर लिएर अघि बढ्ने बताए । पार्टीले टिकट दिएमा आफुले मेयरमा दोहोर्‍याउने तर अन्य सकैलाई टिकट दिएमा पनि आफुले त्यो उम्मेदवारलाई सघाउने बताए ।