कृष्णकुमार दाहाल

विराटनगर-संविधानले धर्मनिपेक्षताको व्यवस्था गरेपनि अहिलेसम्म अन्य धर्मालम्बीहरुले त्यसको अनुभूति गर्न नपाएको प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले उल्लेख गरेका छन । उनले ख्रीष्टमसको पूर्वसन्ध्यामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा दमकमा उक्त कुरा बताएका हुन । मंगलबार दमकमा प्रदेश १ इसाई समाजले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले संविधानमा देश धर्म निरपेक्ष भएपनि त्यसको कार्यान्वयनमा पुरानै पारा देखिएको बताए ।

नेपाली इसाईलगायत अन्य गैह्र हिन्दु धर्मावलम्बीहरूले अझै धार्मिक स्वतन्त्रता नपाएको बताउदै राईले भने ‘पृथ्वी नारायण शाहको पालामा लिखित रुपमै देशलाई हिन्दुकरण गर्ने योजना बनाई अगी बढेकोले हाल संविधानमा धर्म निरपेक्षता उल्लेख भएको भएपनी त्यसको कार्यन्वयनमा पुरानै परम्परा अपनाईएको छ ।’ उनले लामो समयदेखी जरा गाडी बसेको विभेद अन्त्य छिट्टै नहुने बताए । धार्मीक स्वतन्त्रताका लागि आफुले संविधानको मर्म बमोजिम प्रयास गर्ने बताए । 

मुख्यमन्त्री राईले आफु किरात धर्मको आस्था राख्ने भएपनि प्रदेश मन्त्रालयबाट हुने कतिपय सिलान्यास तथा उद्घाटनका कार्यक्रममा सहभागि हुन पुग्दा हिन्दु धर्मको विधि वा परम्पराअनुसार हुने गरेको स्मरण गर्दै धर्म निरपेक्षताको अनुभब माथिल्लो निकायमा नै गर्न नपाएको बताए । उनले आफू किरात विधिबाट समुद्घाटन वा शिलान्यास गराउन चाहेपनि आफू पुग्नुअघि पंण्डित मार्फत पुजा विधिको तयारी हुने गरेको बताए । 

‘म किरात धर्मको मान्छे मलाई किरात धर्मकै कुरा धेरै थाहा छ, तर यो समाजै हिन्दु धर्मभित्र रुमलिएको रहेछ । म सँग समेत छलफल नगरी म सहभागि कार्यक्रममा हिन्दु धर्म वा संस्कृति अनुसार गर्ने गरिन्छ । यसले अहिले पनि परम्परा, संस्कार तथा मनोविज्ञानद्धारा धार्मिक विभेद भईरहेको छ’ उनले भने । 

अर्को प्रसंगमा उनले इसाई धर्मावलम्बीहरुको मृत्यू संस्कारमा शव दहनका लागि उपयुक्त क्षेत्र छुट्याउने प्रदेश सरकारले पहल गर्नेमा ढुक्क हुन आग्रह गरे । सास र लासको जिम्मा सरकारले लिनुपर्ने हुन्छ, म इसाई समुदायको लागी समाधिस्थलको व्यवस्था गर्नेछु, उनले भने ।  राईले प्रदेशमा बसोबास गर्ने सबै इसाई धर्मावलम्बीहरूलाई आसन्न २५ डिसेम्बर मनाइने ख्रीष्टमसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।


सोहि कार्यक्रममा बौल्दै प्रदेश नं. १ इसाई समाज का अध्यक्ष पाष्टर बिक्रम बणर्बास येक्तेनले समाज र राष्ट्र निर्माणमा होस या सामाजिक र राजनीतिक परिवर्तनमा इसाई समुदायको पनि कही न कही महत्वपूणर् भूमिका रहेको उल्लेख गरे ।

उनले इसाईहरुमाथि धार्मीक दृष्टिकोणले दमन र अत्याचार भइरहेको प्रति सरकारलाई गम्भिर हुन अनुरोध गरे । ‘धार्मीक कार्यक्रममा सहभागि भएर आफ्नो बिचार राख्दाराख्दै पक्राउ गरिने अनि अदालतमा उभ्याइ र झुटा मुद्धा लगाउने कार्यले संविधानले व्यवस्था गरेको स्वतन्त्रताको हनन भएको येक्तेनले बताए । कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश १ का अध्यक्ष राम थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।