उर्लाबारी-मोरङको कानेपोखरी–७ मा किरात राई यायोक्खाले निर्माण गरेको ट्रिहाउस(रुख घर)को प्रदेश नं. १ प्रमुख परशुराम खापुङले उद्घाटन गरेका  छन् । किरात राई यायोक्खाले किरात धार्मिक वन परिसरमा निर्माण गरेको रुखघरको उधौली पर्वको अवसरमा खापुङले उद्घाटन गरे ।

रुखघरको उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले भाषा, संस्कार, संस्कृतिको संरक्षण भए मात्र हाम्रो मौलिकता जीवित रहने बताए । उनले एक समुदायले अर्का समुदायको सभ्यतालाई बचाउन मद्दत गर्नुपर्नेमा जोड दिँदै नेपाली संस्कृति संरक्षण सबैको हातेमालो आवश्यक रहेको औंल्याए ।

पर्यटकीय हिसाबमा निर्माण गरिएको ट्रिहाउस एउटा परिवार बास बस्नको लागि मिल्ने क्षमताको रहेको छ ।