विराटनगर- प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । संस्थापन इतर समुहबाट खुल्ला केन्द्रीय सदस्यमा उठेका कार्कीले १ हजार ६४४ मत ल्याएका थिए । ६४ मत कम आउँदा उनी पराजित बनेका हुन् ।

कांग्रेसको विधान अनुसार खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ । कार्की भने मतपरीणामले ३७ नम्बरमा परेका छन् । पराजित कार्की सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाका विश्वसा पात्र मानिन्छन् । उनी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत थिए ।