विराटनगर-‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले पुस २ गते देखी एक महिना सम्मका लागि उपभोक्तालाई ६० प्रतिशत सम्म जुत्ता चप्पलमा छुट दिएर विन्टर फुटवेयर महाउत्सव सुरु गरेका छन । स्वदेशी उत्पादन नै प्रयोग गरौं भनेर उपभोक्तालाई जागरुक बनाउन उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले संयुक्त रुपमा ‘मेरो देश मेरै उत्पादन’अभियान सुरु गरेका हुन । 

विराटनगरको भाटभटेनी सुपर स्टोर भन्दा दक्षिणपट्टी सुरु गरिएको महाउत्सवमा अहिले युनाइटेड लेदर, शिखर सुज र हाइलाइफका १५ सय भन्दा बढी डिजाइनका जुत्ताचप्पल प्रर्दशनीमा राखिएका छन । नेपाली उपभोक्ताले जहिले पनि नेपाली उत्पादन आकर्षक र गुणस्तरिय छैनन भन्दै विदेशी उत्पादन मात्र रोज्ने गरेकाले उपभोक्ताले नेपालमा उत्पादन गरिएको विदेशी जुत्ताकै स्तरको उत्पादन परिक्षण गरुन भन्ने उद्येश्यले ६० प्रतिशत सम्म छुट दिएर महाउत्सवको  आयोजना गरिएको हाइलाइफका बजार व्यवस्थापक राघब बिहानीले बताए ।                                        united lather 

उनले अहिले तीन वटा कम्पनी मात्रले आफ्नो आधिकारिक डिलर मार्फत स्टल राखेपनि केही समय पछि नै नेपालका अन्यकम्पनीहरु समेत थपिने उनले बताए । फुटवेयर महोत्सवका संयोजक समिम खानका अनुसार एउटै छानामुनि सबै प्रकारका जुत्ताहरु उपलब्ध हुन भन्ने उद्येश्यले महाउत्सवको आयोजना गरिएको हो ।

युनाइटेड लेदरका सदाव अख्तरले अहिले एक महिना सम्म महाउत्सव चलेपनि त्यसपछि पनि एउटै छानामुनि नर्मल रेटमा उपभोक्ताले यहाबाट १२ महिनानै जुत्ता चप्पल खरिद गरेर लान सक्ने बताए । उनका अनुसार एकै ठाउँमा सबै भेराइटिका जुत्ता र चप्पल उपभोक्ताले पाए दिनभरि पसल पसल चाहर्नु पर्ने बाध्यता हट्ने र उपभोक्ता र कम्पनीका बिचमा सोझो सम्पर्क हुदा मूल्य पनि सस्तो पर्नेछ । 

सदावले भने ‘नेपली आम उपभोक्ताको बिचमा नेपाली उत्पादन पनि विदेशी उत्पादन जत्तिकै गुणस्तरिय र स्टाइलिस छन भन्ने परिचय दिन पनि यो महाउत्साव आयोजना गर्न लागिएको हो । एक महिना सम्म संचालन हुने महाउत्सवमा दैनिक ३ देखी ५ हजार उपभोक्ताले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।