काठमाडौं- नेपालमा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’  फेला परेको पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण अफ्रिकाबाट आएका दुई जनामा जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरिएन्ट देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्रा डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

सोमबार मन्त्रालयलल पत्रकार सम्मेलन गर्दै उक्त ओमिक्रोन पृष्टि भएको जनाकारी दिएको हो । ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।

उनीहरू दुवैले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ । दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।