नेकपा महासचिव विप्लवले एमसिसी पास गर्नका लागि सदन बोलाइएको आशङ्का व्यक्त गरेका छन् । शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले एमसिसी पास गर्नका लागि सदन बोलाइएको बताएका हुन् ।

‘एमसीसि पास गर्ने नगर्ने विषयमा अमेरिकामा मङ्सिर २७ गते बैठक बस्दै छ, सरकारले मङ्सिर २८ गते संसद बोलाएको छ,’ विप्लवले भने, ‘यहाँ एमसिसी पास गर्ने षड्यन्त्र हुँदै छ,’ एमसिसी देशको कानुनभन्दा माथि रहेको बताउँदै उनले पास गर्न नहुने बताए ।

उनले नेकपासँग गरेको तीनबुँदे सम्झौता पालना गर्न सरकारले अटेर गरेको भन्दै असन्तुष्टि जनाए । आफ्नो पार्टी सम्झौता पालना गर्न प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले पालना नगरे विद्रोह हुने बताए ।