विराटनगर-मुलुककै जेठो व्यापारिक तथा औद्योगिक संस्था मोरङ ब्यापार संघलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयको सल्लाहाकारको रुपमा घोषणा गरेका छन । 

Ministar sharma

ब्यापार संघको ६५ औं साधरण सभालाई सम्बोधन गर्दै सरकार र नीजि क्षेत्र एकअर्काका प्रतिद्वन्दी नभई सहयोगी हुनु पर्ने र आर्थिक विकासको मेशिन नै नीजि क्षेत्र भएको बताउदै मन्त्री शर्माले नीजि क्षेत्रको सुझाव सल्लाहा र आलोचनाबाटै आफुहरु अघि बढ्ने बताए ।                                               IMG_6996

उनले भने‘म मोरङ ब्यापार संघलाई आर्थिक सल्लाहाकारको संस्था घोषणा गर्छु, यससंग जोडिएका उद्योगीहरुको सल्लाहामा अघि बढ्छु ।’ राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास हुनु पर्ने बताउदै उनले आर्थिक विकास नभए व्यवस्था प्रतिनै जनताले विद्रोह गर्ने उल्लेख गरे । आर्थिक विकासले मात्र जनताको आकांक्षा पुरा गर्न सकिने उनले उल्लेख गरे । स्थानिय र प्रदेशलाई बलियो र क्षमतावान बनाएर ५ बर्ष कस्सिएर लाग्दा विकासमा निकै ठुलो फड्को मार्न सकिने बताउदै उनले अबको योजना १०० बर्षपछिका लागि बनाएर अघि बढ्नु पर्ने उल्लेख गरे । 

IMG_6934

उदारवादी अर्थतन्त्रले असमानता बढेर गएकाले असमानता घटाउन प्रगतीशिल पुँजीबाद आवश्यक रहेको बताए । विराटनगरको खुला सीमाबाट नेपालले फाइदा लिन सक्नेगरि विकास गर्नु पर्ने बताउदै शर्माले विराटनगरबाट दुई घण्टामा सगरमाथा बेस क्याम्प पुग्न सकिने गरि विकास गर्दा कल्पना गरिएभन्दा बढी पर्यटकको भिड लाग्ने बताए । 

IMG_6996 1

नेपाली उद्योगीले विदेशमा उद्योग खोलेर डलर आर्जन गरि नेपाल भित्र्याउन सक्ने भएकाले त्यसलाई स्वीकृती दिने या नदिने भन्ने बिषयमा छलफल भइरहेको तर विदेशी बैंकबाट ऋण लिएर उद्योग खोल्न सक्ने प्रावधान रहेको बताउदै शर्माले एनआरएन र विदेशी संस्थाले नेपालमा खाता खोलेर सोझै डलर पठाउन सक्ने ब्यवस्था गरेको जानकारी दिए । 

आफुले बजेट बनाएपनि खर्च गर्ने मन्त्रालय नभएकाले तत्काल पुँजिगत खर्च दु्रत गतिमा खर्च हुन नसकेको उल्लेख गर्दै उनले खर्च गर्ने मोडालिटिमा परिवर्तन गरेर पँजिगत खर्च समयमानै खर्च हुनेगरि व्यवस्था गर्न लागिएको बताए । मुलुकको व्यापार घाटा कम गर्न विद्युतको खपत बढाएर १० हजार मेगावाट पुर्‍याउनु पर्ने शर्माले बताए । 

IMG_6937

अर्थ सचिव मधुकुमार मरासिनीले पुँजीगत खर्चमा पनि इतिहास रच्नेगरि काम हुने उल्लेख गरे । आर्थिक बृद्धिदर ७ प्रतिशत पुग्नेमा कुनै समस्या नरहेको बताउदै मरासिनीले कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, बृद्ध भत्ता लगायतका विभिन्न तरिकाले ४४ लाख घरमा मासिक रुपमा रकम पुगिरहेकाले खर्च गर्ने अवस्था निराशाजनक नरहेको उल्लेख गरे । ९० प्रतिशतको सिडि रेसियो असार सम्ममा रेभ्यू गर्ने व्यवस्था भएकाले तरलतामा समस्या नहुनु पर्ने बताउदै उनले त्यो बेला सम्म ९५ प्रतिशत नै पुग्ने बताए । राष्ट्र बैंकले  उनले राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ कर्मसियल बैंकहरुलाई ट्रजरी बिल किन्दिन्छु यो रकम लैजाउ भन्दा १६ अर्बको निवेदन पर्‍यो तर ९ अर्ब मात्रै बैंकहरुले रकम लगे । अब लिक्विडिटिको समस्या रहेछ की उनीहरुको सोच भन्ने कुरा यो विषयले पनि प्रष्ट पार्ने बताउदै मरासिनीले सरकारलाई सहयोग गर्न बैंकहरुलाई आग्रह गरे । उनले भने बढी डिमाण्ड हुदा पनि बढी हिटिङ हुने भएकाले तरलताको अभाव हुने भएकाले क्रेडिटको डिमाण्ड बढ्यो भन्दै धेरै उत्साहित हुनु हुदैन एउटा अनुशासनमा बस्नु पर्ने हुन्छ । पुस महिनामा केही समस्या हुने तर माघ लागि सकेपछि तरलता अभाव नहुने बताए । 


मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले नेपाल अल्प विकसित मुलुकबाट विकासील राष्ट्रमा स्तारोन्नती हुने भएकोमा आफुहरु गौरावान्वीत भएको तर १० बर्षमा विकासील राष्ट्रबाट विकसित राष्ट्रको रुपमा स्तरउन्नति गर्न प्रतिबद्ध भएर लाग्नु पर्ने अवस्था आएको बताए । भावि पुस्तालाई नेपालमै उद्योग व्यवसाय प्रति प्रेरित गर्न आवश्यक रहेको तर त्यो त्यति सहज भने नभएको उल्लेख गरे । उनले स्वागत मन्तब्य ब्यक्त गर्दै उद्योग व्यवसाय मैत्री नीति बनेमा मात्र मुलुकमा आर्थिक विकास हुने नउले बताए । 

कार्यक्रम मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष टीकाराज ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरे, उद्योग संगठनका अध्यक्ष सुयषराज प्याकुरेल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महानुभावहरुलाई सम्मान गरिएको थियो ।