विराटनगर - मोरङ काँग्रेस सभापतिमा डिग बहादुर लिम्बू विजयी भएका छन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा १९०६ मत ल्याउँदै लिम्बू विजयी भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत पुर्याउन नसकेपछि मंगलबार फेरि निर्वाचन भएको थियो ।

लिम्बू पार्टी सभापति पदमा दाबी पेश गरिरहेका काङ्ग्रेस नेता डाक्टर शेखर कोइरालाकै समर्थनमा उम्मेदवार बनेका थिए । लिम्बुले १९०६ मत प्राप्त गर्दा गच्छदारले १४२२ मत पाएका छन । यसको औपचारिक घोषणा बाकी छ । आइतबार भएको निर्वाचनको पहिलो चरणमा तीनन जना मध्ये कुनैपनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि मोरङ काँग्रेस सभापतिका लागि मंगलबार पुनः मतदान भएको थियो ।

कोइराला पक्षका लिम्बू, सस्थापनका गच्छदार र सिटौला पक्षबाट यदु विस्ट बीचको प्रतिस्पर्धामा लिम्बू र गच्छदार मात्रै दोस्रो चरणमा प्रतिस्पर्धामा गएका थिए । दोस्रो चरणको मतदानअघि मोरङ काँग्रेसको समीकरणमा रोचक फेरबदल देखिएको थियो ।

संस्थापन पक्षका उम्मेद्वारलाई कृष्णप्रसाद सिटौला पक्षले सघाउने घोषणा गरेपछी मोरङमा आफू बलियो बनेको प्रचार देउवा पक्षले गरेको थियो । डाक्टर कोइरालालाई जिल्लामै कमजोर बनाउने लक्ष्यसहित देउवा सिटौला गठबन्धन बने पनि उनीहरू सफल हुन सकेनन ।

आफू बलियो भएको देउवा पक्षको दाबीलाई गलत सावित गर्दै सस्थापनइतरका लिम्बुले चुनावी जीत हात पारेका छन । लिम्बुलाई डा.शेखर कोइरालाको समर्थन थियो भने गच्छदारलाई संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा)को ।

केन्द्रमा बनेको शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौलाबीचको नयाँ समिकरण मोरङमा पनि लागु भएको थियो । मोरङ काँग्रेसको चुनावकै सिलसिलामा नेता सिटौला दुई दिन विराटनगरमा बसेर देउवा पक्षसग मिलेका थिए ।